हेटौंडा, फागुन २० । महाशिवरात्रीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पार्ने भएको छ । ६८ जना र ७ जना सादा पोशाकका प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । महाशिवरात्रीका लागि सशस्त्र प्रहरीलेसमेत २० जना परिचालन गरेको सशस्त्र प्रहरी बल मकवानपुरका सशस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार हेटौंडा—४ अवस्थित पशुपति दर्शन गर्ने दर्शनार्र्थीलाई व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा गरेको बताए ।
त्यस्तै पशुपति क्षेत्रमा माछामासु, मदिरा, गाँजालगायत नसालु पदार्थ पूर्ण रुपमा बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाइएको सिंहले बताए । दर्शनका क्रममा असहज भएका दर्शनार्र्थीको लागि ठाउँठाउँमा प्रहरी सेवाको लागि समेत टोली खटाइएको उनले जानकारी दिए । दर्शनका क्रममा दर्शनार्र्थीमाथि दुव्र्यवहार गर्ने, पाकेटमारको सम्भावना हुने भन्दै प्रहरीले सादा पोशाकका महिला प्रहरीसमेत परिचाल गरेको छ । यसवर्ष
महाशिवरात्री मेलामा १० हजार भन्दा बढी दर्शनार्र्थी आउने अनुमान गरिएको पशुपति मन्दिर समितिले जनाएको छ । त्यस्तै ट्राफिक व्यवस्था पनि उत्तिकै कडा गरिएको छ ।
विशेषगरी हेटौंडा बजारको चहलपहल हुने चोकमा ट्राफिक प्रहरीको विशेष टोली खटिने ट्राफिक प्रहरी काशि थापामगरले जानकारी दिए । महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाईंदैछ । शिवरात्री हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ । बैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दिन दुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको द्रदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रुपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झार उनै महादेवको शिवत्व जगतको कल्याण गर्ने तत्व०ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्री मनाउने गरिएको भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महा शिवरात्रीका आजका दिन भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

No comments:
Post a Comment