हेटौडा, चैत ९ । यही १० गते आइतबार शुरु हुने माध्यमिक शिक्षा परीक्षाको प्रदेश–३ मा तयारी पूरा भएको छ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थापनको जिम्मेवारी पाएको प्रदेश सरकारले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो । यस वर्ष एसईई परीक्षाको उत्तरपुस्तिका छपाइको जिम्मा प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो । यस वर्षको एसईई परीक्षाका लागि जिल्ला परीक्षा समन्वय समितिहरुले निर्णय गरी पठाएका आधारमा प्रदेशमा चार सय १८ परीक्षा केन्द्र तय भएको र केन्द्राध्यक्ष नियुक्त गर्ने कार्य सकिएको प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पठाइएको छ । उनले भने–परीक्षा केन्द्रनजिक रहेको सुरक्षाचौकीमा प्रश्नपत्र र उत्तरपुस्तिका आवश्यक संख्यामा पठाइसकिएको छ । परीक्षा केन्द्रमा परीक्षालाई व्यवस्थित एवम् मर्यादित बनाउन केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी सहित आवश्यक कर्मचारीको व्यवस्था गरिएको छ । निर्देशक श्रेष्ठले काठमाडौंमा सबभन्दा बढी एकसय १२ र सबभन्दा कम रसुवामा पाँचवटा परीक्षा केन्द्र रहेको जानकारी दिए ।
प्रदेशका एकलाख छ हजार तीन सय तीन परीक्षार्थीले यस वर्ष एसईई परीक्षा दिने भएका छन् । काठमाडौंबाट सबभन्दा बढी ३८ हजार पाँच सय २८ र रसुवाबाट सबभन्दा कम सात सय ८९ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हँुदैछन् । २४ परीक्षा केन्द्र रहेको मकवानपुरबाट पाँच हजार नौं सय ७७ परीक्षार्थी, ४२ केन्द्र रहेको चितवनमा ११ हजार दुई सय ९४, २६ केन्द्र रहेको सिन्धुलीमा पाँच हजार सात सय २२ र २१ केन्द्र रहेको रहेको रामेछापमा तीन हजार छ सय ७७ परीक्षार्थीले परीक्षा दिने भएका छन् ।
१९ परीक्षा केन्द्र भएको दोलखाबाट तीन हजार दुई सय ९० जना, ४० परीक्षा केन्द्र रहेको काभ्रेबाट सात हजार दुई सय ९४ जना, परीक्षा केन्द्र २३ रहेको सिन्धुपाल्चोकबाट चार हजार पाँच सय ५३ जना र २४ परीक्षा केन्द्र भएको नुवाकोटबाट ४ हजार चार सय ३७ परीक्षार्थीले यस वर्षको परीक्षा दिने निर्देशक श्रेष्ठले बताए ।
२३ परीक्षा केन्द्र रहेको भक्तपुरबाट पाँच हजार आठ सय दुई जना, ३३ केन्द्र रहेको ललितपुरबाट नौं हजार नौं सय ५३ र २५ परीक्षा केन्द्र तोकिएको धादिङका पाँच हजार नौं सय ८४ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा दिँदैछन् । शिक्षा विकास तथा समन्वय एकाईं मकवानपुर प्रमुख कृष्णप्रसाद घिमिरेले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका सरोकारवाला निकायसँग समन्वय भएको भन्दै परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए ।
मकवानपुरमा २० जना विद्यार्थी बराबर एक निरीक्षक खटिने उनले जानकारी गराए । २४ वटा केन्द्रमा करिब दुई सय १६ जना सुरक्षाकर्मी खटिने उनले बताए । परीक्षा केन्द्रको सुरक्षामा ९ देखि १५ जनासम्म सुरक्षाकर्मी परिचालन गरिने भएको छ । उनले केन्द्राध्यक्षलाई परीक्षाबारे अनुशिक्षण दिने कार्य सकिएको बताउँदै केन्द्रहरुमा प्रश्नपत्रसँगै उत्तरपुस्तिका पठाउने कार्य भएको उनले बताए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत २१ गते विहीबारम्म हुँदैछ ।

No comments:
Post a Comment