हेटौंडा, फागुन २२ । ११ वर्षअघि निर्माण सुरु गरेको कुलेखानी तेस्रो जलविद्युत आयोजनाले असार मसान्तभित्रै व्यावसायिक उत्पादन गर्ने भएको छ । यसका लागि बैशाखको पहिलो सातादेखि नै परीक्षण उत्पादन गर्ने तयारी गरिरहेको छ । आगामी चैतको ३ गतेदेखि आयोजनाको टनेलमा पानी हाल्ने काम सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।
१४ मेघावाटको कुलेखानी तेस्रो सन् २०१२ को डिसेम्बरमा उत्पादन सुरु गर्ने तयारीसहित २००९ मा निर्माण कार्य थालिएको थियो । कुलेखानी तेस्रोका सहायक निर्देशक ९प्रशासन० भीमबहादुर थापाका अनुसार प्राविधिकहरुले टनेलको ज्वाइन्ट तथा गेटहरुको परीक्षण गरिरहेका छन् । सोमबारदेखि परीक्षण थालिएको हो । ४ दिनमा टनेलको प्राबिधिक परीक्षण गरिने छ र फागुन २४ देखि २७ सम्म गेटहरु परीक्षण गरिने छ । टनेलमा पानी भर्नमात्र २० दिन जति लाग्ने अनुमान गरिएको सहायक निर्देशक थापाले जानकारी दिएका छन् । सिभिल संरचनाका सम्पूर्ण काम सकिएपछि परीक्षण थालिएको हो । इलेक्ट्रोमेकानिकल काम पनि अन्तिम अवस्थामा पुगेको सहायक निर्देशक थापाले बताए ।
स्वीचयार्डको काम भइरहेको छ–थापाले भने । कुलेखानी प्रथम र दोस्रो आयोजना २४ घन्टा नचलेका कारण तेस्रोको टनेलमा पानी भरिन २० दिन जति लाग्ने अनुमान गरिएको हो । टनेलमा पानी हालेपछि लिकेज भए÷नभएको परीक्षण गर्न केही दिन लाग्ने छ । निर्धारीत समयमा काम भएको खण्डमा बैशाखभित्रै परीक्षण उत्पादन गर्न सकिने प्राविधिकहरुले बताएका छन् । निर्धारित समयभन्दा ७ बर्ष ढिलाई भएको कुलेखानी तेस्रोको लागत पनि दोब्बर बढेको छ । २ अर्ब ५० करोड रुपैया“को लागत अनुमान गरी सुरु गरिएको आयोजनाको लागत ५ अर्ब रुपैया“भन्दा माथि पुग्ने अनुमान गरिएको छ । तत्कालीन उर्जामन्त्रीहरु कमल थापा, जनार्जन शर्माले मकवानपुर आएर कुलेखानी तेस्रोको निर्माणकार्य छिट्टै सम्पन्न गरी व्यावसायिक उत्पादन गर्न निर्देशन दिएका थिए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङले निर्माणाधीन कुलेखानी तेश्रो जलविद्युत आयोजनाको पटकपटक अनुगमन गरेका छन् । घिसिङले आयोजनाको ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्दै अव कुनैपनि हालतमा निर्माण कार्यका लागि म्याद थप नहुने चेतावनी दिंदै आएका थिए । देशलाई अब कहिल्यै पनि लोडसेडिङ हुन नदिने कार्यमा कुलेखानीको ठुलो योगदान रहेको बताइएको छ । कुलेखानी–३ को वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट्आवर विद्युुत उत्पादन गर्ने क्षमता छ । विद्युतगृहको निर्माणको ठेक्का लिएको जेजियाङ जिल्लुन चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नभएको आयोजनाले बताएको छ ।
२०६४ चैतदेखि काम सुरु गरिएको आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । तर २०७६ असारभित्र उत्पादन हुने सम्भावना देखिएको छ । कुलेखानी–३ को सुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । यसको लागत बढेर ५ अर्ब अर्थात प्रतिमेगावाट ३५ करोड पुग्ने सम्भावना छ । कुलेखानी तेस्रोको निर्माण कम्पनीको म्याद गत असोज २७ गते सातौंपटक ६ महिनाका लागि थप गरिएको थियो । विद्युत प्राधिकरणले यो अन्तिम म्याद हो भन्दै निर्माण कम्पनीलाई चेतावनी दिएको थियो ।

No comments:
Post a Comment