Sunday, 10 March 2019

पाँच दशक बित्दा पनि छैन लालपूर्जा

फाइल फोटो

हेटौंडा, फागुन २७ । मकवानपुरको पूर्वी क्षेत्रअन्तर्गत् क्षेत्र नम्बर–१ का ८ गाउ“का बासिन्दाले जग्गा नापी भएको ५ दशक बितिसक्दा पनि जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० प्राप्त गर्न सकेका छैनन् । छतिवन, धियाँल, फापरबारी, राईगाउँ, बेतिनी, मन्थली, शिखरपुर र ठिंगनमा २०३४ सालमा तत्कालीन श्री ५ को सरकारद्वारा गठित गोश्वारा हेटांैडाबाट त्यस क्षेत्रका जमिनमा बसोबास गरिरहेका हजारौं घरधुरीको ऐलानी जग्गा नापजाँच भएको थियो । नापी टोलीले नापी दर्ताको भर्पाइसमेत दिएर जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने आश्वासन दिए पनि हालसम्म जग्गाधनी प्रमाणपूर्जा प्राप्त गर्न नसकको स्थानीयको भनाइ छ ।

जमिन नापी भएको ५ दशक बितिसक्दा पनि ऐलानी नै रहिरहँदा त्यस भेगका स्थानीयले राज्यबाट प्रदान हुने विभिन्न सेवासुविधा प्राप्त गर्न सकेका छैनन् । विद्युत् लाइन जोड्नबाट बञ्चित हुनुका साथै भुकम्पपीडित क्षेत्रका नागरिकले राज्यबाट प्राप्त हुने राहत एवम् घर निर्माण अनुदानबाट समेत बिमुख हुनुपरेको छ । छतिवनमा १ हजार ८ सय घरधुरी रहेकोमा ३ सय घरधुरीको मात्र जग्गाधनी प्रमाणपूर्जा छ । एकहजार ५ सय घरधुरीले भुकम्पपीडितका लागि अनुदान सम्झौता गर्न पाएनन् । यस्तो समस्या अन्य ७ गाविसमा पनि छ । पटकपटक प्रशासन कार्यालय र सुकुम्बासी समस्या समाधान आयोगलगायत संस्थामा जग्गाधनी प्रमाणपूर्जा प्राप्तिका लागि निबेदन दिँदासमेत हालसम्म लालपूर्जा प्राप्त गर्न नसकेको छतिवनका नागरिक अगुवाले जानकारी दिए ।

बकैयाका तिनै लालपूर्जाविहीन स्थानीयलाई तीन वर्षभित्र लालपूर्जा दिलाउने प्रतिवद्धता जनाइएको छ । त्यहाँ आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले यस्तो प्रतिवद्धता जनाएका हुन् । अधिकांश बकैयाबासीले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा छैन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आयोजनामा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दाहालले वर्षौंदेखि समस्यामा रहेकाहरुलाई लालपूर्जा दिलाएरै छाड्ने उद्घोष गरे । ‘म यही क्षेत्रलाई प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा छु । मैले लालपूर्जाबिहीनलाई  तीन वर्षभित्र लालपूर्जा दिलाउन संवेदनशील भएर लागेको छु ।

दाहालले भने–बकैया खोला, सिमात खोलालगायतको तटबन्धन निर्माणको डीपीआर भइरहेको छ । उनले उक्त क्षेत्रका विभिन्न क्षेत्रमा झोलुङ्ेपुल निर्माण अगाडि बढेको सुनाए । कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले स्थानीयको समस्यालाई प्राथमिकतामा राखिएको बताए ।

No comments:

Post a Comment

loading...