Sunday, 10 March 2019

तोकिएको मितिमा पुनर्संञ्चालनमा आएन ओम्याक्स हल


हेटौंडा, फागुन २७ । करिब नौं महिना अघि आगलागी भइपछि पुनर्निर्माणको क्रममा रहेको ओम्याक्स हल तोकिएको मितिमा सञ्चालन हुन सकेन । साउण्ड सिस्टम र सिट भारतबाट आउन ढिला भएका कारण फागुन १७ गते पुनर्संञ्चालनमा आउने भनिए पनि तोकिएको मितिमा पुनर्संञ्चालनमा आउन नसकेको हल सञ्चालक नरेन्द्र महर्जनले बताए । नयाँ प्रविधिको साउण्ड सिस्टमदेखि दर्शक सिटसमेतको स्वरुप परिवर्तन हुने भएका कारण केही ढिला हुन पुगेको उनले बताए । भारतबाट साउण्ड सिस्टम र सिट २८ गते हेटौंडा हलमा आइपुग्ने महर्जनले जानकारी दिए । हलमा लगभग ९० प्रतिशत निर्माण कार्य सकिएको छ । महर्जनले भने–चैत २२ वा २९ गते हल पुनर्संञ्चालनमा आउने छ । तोकिएको मितिमा पुनर्संञ्चालनमा आउन नसके पनि  दर्शकलाई धर्य गर्न उनले उनले आग्रह गरेका छन् ।

मकवानपुरे दर्शकको मन जित्न सफल ओम्याक्स हल अब पुनः नयाँ प्रविधिसाथ पुनर्संञ्चालनमा आउन लागेको महर्जनले जानकारी गराए । मर्मत भइरहेको हलमा अब दर्शक प्रवेश गर्दा पहिलेभन्दा निकै परिवर्तन र सुविधासम्पन्न पाउने सञ्चालक महर्जनको दाबी छ । महर्जनका अनुसार हल बन्द भएदेखि हरेक दिन हल कहिले खुल्छ भन्दै दर्शकले प्रश्न गर्दै फोन गर्ने गरेका छन् । हल पुनर्संञ्चालनमा आउने समयसम्ममा तीन करोड खर्च हुने महर्जनले बताए ।

साउन २३ गते विद्युत्लाइन मर्मत गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर हलमा आगलागी भएको थियो । जसमा ३ करोडको क्षति भएको थियो । २०६९ जेठबाट सञ्चालनमा आएको ओम्याक्स हल सुविधायुक्त ओम्याक्स हल निर्माणपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो । ओम चलचित्र हल २०४४ सालमा स्थापना भएको हो ।

No comments:

Post a Comment

loading...