Sunday, 10 March 2019

परीक्षण उत्पादन गर्दै माण्डु


हेटौंडा, फागुन २७ । मकवानपुरमा पहिलो पटक निजी क्षेत्रको लगानीमा निर्माण गरिएको माण्डु हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको बागमती साना जलविद्युत आयोजनाले परीक्षण उत्पादन गर्ने तयारी गरेको छ । माण्डुले बा“धमा पानी जम्मा गर्न सुरु गर्दै केहिदिन भित्रै परीक्षण उत्पादन गर्ने तयारी गरेको हो । १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण सुरु गरेको १० वर्षपछि निर्माण थालेको माण्डुले उत्पादन सुरु गर्ने प्रक्रिया अघि बढाएको हो । कुलेखानी तेस्रोले असार मसान्तभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ ।

भीमफेदी गाउँपालिकाको सानुटारस्थित १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माण कार्य अझै बाँकी रहेको आयोजनाको दाबी छ । गत साताबाट टनेलको प्राबिधिक परीक्षण सुरु गरेको कुलेखानी तेस्रोले असारमा मात्रै परीक्षण उत्पादन गर्ने सम्भावना छ । तर, भीमफेदीकै इपापन्चकन्यामा निजी क्षेत्रले निर्माण गरेको २२ मेगावाट क्षमताको माण्डुको निर्माण सकिएपछि परीक्षण उत्पादन सुरु गरिने भएको छ । बाग्मती र कोगटेको पानी इपापञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको वेयर ९बाँध० निर्माण गरी सुरुङमार्फत् इपापञ्चकन्याको बगरबेंसीस्थित पावर हाउसमा पानी पुर्याइएको छ । आयोजनाको मुख्य सुरुङ दुई हजार चार सय २४ मिटर लामो रहेको छ । उक्त सुरुङको चौडाइ ३ दशमलव ७ र उचाइ ३ दशमलव ८ डायमिटर रहेको छ । बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्ने आयोजनाले जनाएको छ । काठमाडौंमा मेलम्चीको पानी आएपछि आयोजनाबाट थप केही मेगावाट विद्युत् उत्पादन बृद्धि हुने बताइएको छ ।

शनिबारदेखि बाँधमा पानी जम्मा गर्न सुरु गरिएको हो । माण्डु हाईड्रो आयोजनाका इन्चार्ज मनोज सिंहले एकसाताभित्र परीक्षण उत्पादन सुरु हुने बताए । बाग्मतीको फोहर पानीबाट विद्युत् उत्पादन हुँदैछ । माण्डु हाइड्रोपावर लिमिटेडको आयोजनाबाट आइतबारदेखि ६६ केभीए प्रशारणलाईन चार्जको लागि विद्युत् उत्पादनको परीक्षण सुरु हुने इन्चार्ज सिंहले जानकारी दिए । प्रशारण लाईन चार्जको समयमा आयोजनाले भीमफेदी गाउँपालिकाको ५, ६, ७ र ८ वडाको इपापञ्चकन्यादेखि बगरबेंसी पावरहाउसम्म पशुचौपाया जथाभाबी नछाड्न तथा नहिड्न सूचना जारी गरेको छ ।
   
यहाँबाट उत्पादित विद्युत् कुलेखानी प्रथमको सबस्टेसन धोर्सिङबाट राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ । आयोजनाको पावरहाउसबाट साढे १३ किलोमिटरको दूरीमा रहेको कुलेखानी प्रथमको सबस्टेसनसम्म उत्पादित विद्युत् पुर्याउन ४४ वटा टावर निर्माण गरिएको छ । दुई साताभित्र नियमित विद्यत् उत्पादन हुने आयोजनाका इन्चार्ज सिंहले जानकारी दिए । परीक्षण उत्पादनपछि नियमित उत्पादनमा जान १५ दिन लाग्ने बताइएको छ ।

चाइनिज कम्पनीको प्राबिधिक सहयोगमा माण्डु हाइड्रोपावर कम्पनीले २०७२ वैशाखबाट करिब चार अर्ब रुपैयाँको लगानीमा आयोजनाको निर्माण सुरु गरेको थियो । आयोजनाले २०७६ असारभित्र निर्माण सकाउने लक्ष्य राखेको थियो । आयोजनाको बाँध निर्माण गर्ने, पावर हाउसको सिभिल वर्कको कार्य र सुरुङ खन्ने काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको इन्जिनियर महेन्द्र अधिकारीले बताए । करिब १२ करोड रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित क्षेत्र ललितपुरको माल्टा, घुसेल र मकवानपुरको इपापञ्चकन्या, सिस्नेरी, कोगटे र भीमफेदीका स्थानीयले पाउने अध्यक्ष लामाले बताए । माण्डु हाइड्रोपावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने ९पीपीए० सम्झौता गरेको छ ।

आयोजना निर्माणको लागि सिभिल वर्कतर्फ दैनिक २ सय जना कामदार खटिएका थिए । इलेक्ट्रो मेकानिकलको काममा पाँच चिनियाँ सहित ३० नेपाली कामदार तथा प्राविधिक खटिएका थिए । आफनो ठाउँमा विद्युत् आयोजना निर्माण भएपछि स्थानीयबासी पनि खुशी छन् । कम्पनीले स्थानीयबासीका लागि १० प्रतिशत शेयर दिने भीमफेदी गाउ“पालिकाका अध्यक्ष हिदम लामाले बताए ।

No comments:

Post a Comment

loading...