हेटौंडा, फागुन २८ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा २०७२ भूकम्पपछिको पुनर्निर्माण अबस्था चित्तबुझ्दो पाइएको छ । थाहा नगरले आफ्नो आधिकारीक वेवसाइडमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म २ हजार ४ सय ४५ लाभग्राहीले मात्र तेस्रो किस्ता पाएका छन् । जिल्लाभरको तुलनामा सबैभन्दा बढी क्षति भएको थाहामा पहिचान गरिएका ६ हजार ७ सय २७ लाभग्राही मध्ये ४ हजार ५ सय ४२ ले पहिलो र ४ हजार २ सय ६० जनाले दोस्रो किस्ता पाएको स्थानीय पुनर्निर्माण योजनाको तथ्याङ्कमा उल्लेख छ ।
थाहाले पहिचान गरिएको सबै लाभग्राहीसँग अनुदान सम्झौता गरेको थियो । तर, चालु आवमा माघ मसान्तसम्म २ हजार १ सय ८५ लाभग्राहीले पहिलो किस्ता पाएका छन् । थाहाले पहिलो किस्ता माग गरेको ५ हजार ९ सय ५० जना लाभग्राही मध्ये अझै १ हजार ४ सय ८ लाई किस्ता दिन बाँकी छ । पहिलो किस्ता पाएका सबै लाभग्राहीको प्रमाणिकरण गरेर अब १ हजार ६ सय ५५ लाभग्राहीलाई दोस्रो किस्ता उपलब्ध गराउन बाँकी रहेको थाहा नगरले जनाएको छ । तेस्रो किस्ता माग गरेका ४ हजार २ सय ६० सँग सम्झौता गरेपछि २ हजार ४ सय ४५ लाई उपलब्ध गराएर अब १ हजार ८ सय १५ लाभग्राही बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ ।
थाहामा हालसम्म २ हजार ७६ जना पीडितको गुनासो दर्ता भएको छ । तीमध्ये ५ सय ८२ को फस्र्यौट गरेर १ हजार ४ सय ९४ जना पीडितको गुनासो बाँकी रहेको जनाइएको छ । तथ्याङ्क अनुसार ३ सय ५९ जना लाभग्राही गुनासोमार्फत आएका छन् । गुनासो मध्ये २ सय २३ जना पीडितको प्रवलिकरण गरिसकेको छ । थाहाले जोखिम बस्ती स्थानान्तरणको सवालमा ७ वटा बस्तीमा अध्ययन गरेर २ वटा बस्ती संरक्षण गर्ने तरखरमा जुटेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनले स्थानीय सरकार गठनपछि पुनर्निर्माण र पीडितको गुनासो सम्बोधनमा थाहा नगरले चासो देखाएको दाबी गरे ।
२०७२ भूकम्पपछि ४४ महिनाको अवधिमा ७ अर्ब ४५ करोड ३५ लाख खर्च भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्लामा स्थापना गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार० र शिक्षाले मकवानपुरमा हालसम्म ७ अर्ब ४६ करोड ३५ लाख खर्च गरेको जनाएको हो । इकाईले निजी आवस निर्माण तर्फ आर्थिक वर्ष २०७३/०७४, ०७४/०७५ र चालु आव २०७५/०७६ को हालसम्म ५ अर्ब ५ करोड १३ लाख, तत्कालीन गाविस भवन निर्माणमा ५० लाख, खानेपानी, सिचाईं, सडकलगायत ३८ वटा सानाठुला योजनामा १ करोड ७१ लाख खर्च भइसकेको पत्रकारसँग पुनर्निर्माण सम्बन्धि आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनाएको थियो ।
त्यसैगरी शिक्षातर्फ १ हजार ९ सय पुर्णक्षति भएको कक्षा कोठा मध्ये चालु आवको हालसम्म १ हजार २ सय ७४ वटा निर्माण भइसकेको अधिकृत प्रेम केसीले जानकारी दिए । उनका अनुसार विद्यालयका ध्वस्त कक्षा कोठामध्ये ६ सय २६ वटा मात्र निर्माण गर्न बाँकी छ । विद्यालय व्यवस्थापन समिति मार्फत ६ सय ४०, टेण्डर प्रक्रियामार्फत ५ सय २० र विभिन्न संघसंस्थाको सहयोगमा १ सय १४ वटा कक्षा कोठा निर्माण गरिएको केसीले बताए । अधिकृत केसीले विद्यालयको सम्पूर्ण पुननिर्माणका लागि हालसम्म २ अर्ब ३८ करोड १ लाख खर्च भइसकेको जानकारी दिए ।
पूर्ण क्षति भएको अधिकांश पीडितले अझै तेस्रो किस्ता पाएका छैनन् । मकवानपुरका १८ हजार ३ सय १८ जना पीडितले मात्र तेस्रो किस्ता पाएका छन् । सर्वेक्षण गरिएको ९० हजार ९ सय ९४ पीडितमा ३३ हजार ९ सय ७४ जना पहिचान भएका पूर्णक्षती लाभग्राही मध्ये ३५ प्रतिशतले मात्र तेस्रो किस्ता पाएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । पहिचान भएका कुल लाभग्राहीमध्ये ७६ प्रतिशतले पहिलो र ५४ प्रतिशतले दोस्रो किस्ता लिइसकेका छन् ।

No comments:
Post a Comment