Friday, 8 March 2019

हेटौंडा–काठमाडौं–कुलेखानी सुरुङमार्ग- प्रदेश सरकारलाई निजी कम्पनीको चुनौती


हेटौंडा, हेटौंडा २५ । प्रदेश–३ सरकारले खारेजीका लागि केन्द्रीय सरकारलाई पत्राचार गरेको नेपाल पूर्वाधार विकास कम्पनीले विशेष साधारण सभा बोलाएर त्यसको निर्णयपछि हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण थाल्ने तयारी गरेको छ । उक्त कम्पनी हेटौंडाबाट मकवानपुरको कुलेखानी हुँदै काठमाडौं जोड्ने सुरुङमार्ग बनाउन गठन भएको हो । कम्पनीले चैत ९ गते विशेष साधारणसभा बोलाएको छ । सभाबाट पावर चाइना कम्पनीको लगानी भिœयाएर निर्माण शुरु गर्ने निर्णय गर्न लागिएको हो । नेपाल पूर्वाधार विकास कम्पनी र पावर चाइनाबीच साउन ९ गते संयुक्त विकास सम्झौता भएको थियो ।

नेपाल पूर्वाधारले पावर चाइनाबीच भएको सम्झौतापत्र भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नम्बर–३ सरकारसमक्ष पेश गरिसकेको छ । जबकि, प्रदेश सरकारले निजी क्षेत्रले निर्माण गर्न नसकेको भन्दै सम्झौता खारेज गर्न केन्द्रीय सरकारलाई पत्राचार गरेको थियो । प्रदेश सरकारले सम्झौता खारेजीका लागि भदौ ६ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएको हो । नेपाल पूर्वाधार विकास कम्पनी २०६८ भदौ २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । कम्पनीले २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता गरी अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

हेटौंडाका जनताले मार्गमा लगानी गर्न तत्परता देखाएका थिए । गहना, गाई, बाख्रा, भैंसी बेचेर तथा ऋण काढेर हेटौंडाबासीले कम्पनीलाई रकम बुझाएका थिए । तर, प्रगति भएन । कम्पनीमा मकवानपुरका २२ संस्थापक शेयर सदस्य छन्, जसमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ हेटौंडा र नारायणी यातायात व्यवसायी संघले संस्थागत संस्थापक शेयर लिएका छन् । कम्पनीले विशेष साधारण सभाबाट सम्झौता अनुमोदन गर्ने र केन्द्र तथा प्रदेश सरकारसँगको समन्वयमा तुरुन्त निर्माण आरम्भ गर्ने कम्पनीका सञ्चालक सुभासचन्द्र ठकुरीले जानकारी दिए । योजनाको काम पछिल्लो समय निकै अघि बढेको भन्दै उनले प्रदेश सरकारको महत्वपूर्ण योजनामा सबैको साथ र सहयोग हुनेमा विश्वास व्यक्त गरे ।

राष्ट्रलाई नै सकारात्मक प्रभाव पर्ने गरी प्रदेश सरकारले निर्णय गरेको उक्त महत्वपूर्ण योजनालाई केन्द्रीय सरकारले भने लामो समयदेखि बेवास्ता गरेको छ । प्रदेशको गौरवको योजना भन्दै पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल पूर्वाधार विकास कम्पनीसँगको सम्झौता रद्ध गर्न प्रदेश सरकारले केन्द्र सरकारलाई निर्णयसहित आग्रह गरेको थियो । यस विषयमा केन्द्र सरकार मौन छ । प्रदेशको आर्थिक वर्ष २०७५।०७६ को वार्षिक नीति तथा कार्यक्रम र बजेट अर्धवार्षिक प्रगति समिक्षामा भौतिक पूर्वाधार विकास मन्त्रालयले संघीय सरकारलाई सम्झौता रद्ध गर्ने विषयमा पठाएको निर्णयपत्रउपर प्रतिक्रिया नआएको जनाएको हो ।

पत्रका विषयमा केन्द्र सरकारले बेवास्ता गर्दा समस्या भएको मन्त्रालयले कार्यपत्रमा प्रस्तुत गरेको छ । प्रदेशको उक्त निर्णयमाथि केन्द्र सरकारले जानकारी दिए प्रदेश सरकारले कामलाई तदारुकता दिन बाटो खुल्नेछ । तर, पूर्वाधार विकास कम्पनीको तयारीले प्रदेश सरकारको निर्णयलाई नै चुनौती दिएको छ । प्रदेश सरकारले सुरुङमार्ग निर्माण विस्तृत अध्ययन प्रतिवेदनका लागि ५ करोड विनियोजन गरिसकेको छ । प्रदेश सरकारले यसअघि मार्ग निर्माणका लागि विज्ञहरु र सुरुङमार्ग निर्माण कम्पनीहरुसँग छलफल गरेको थियो ।

यसअघि हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग नेपाल पूर्वाधार विकास कम्पनी ९एनपीबीसीएल० ले निर्माण गर्ने बताउँदै आए पनि हालसम्म प्रगति नभएकोले प्रदेश सरकारले आफैं निर्माण गर्न लागेको हो । पावर चाइनासँगको सम्झौता अनुसार प्रदेश र केन्द्र सरकारसँग मिलेर तुरुन्त निर्माण आरम्भ गरिने सञ्चालक ठकुरीले बताए । आयोजनामा पावर चाइनाले ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति भएको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानी व्यवस्थापन गर्ने जिम्मा लिएको छ । ३० महिनादेखि पटकपटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी, २०१८ मा प्राविधिक प्रस्ताव पेश गरेको थियो । पुनरावलोकनपश्चात् आयोजनामा सडकको कुल लम्बाईमध्ये ४४ किलो मिटर सुरुङ तथा पुलले ओगट्ने छ ।

सन् २०१५ डिसेम्बरदेखिको आपसी छलफलको परिणामस्वरुप नेपाल पूर्वाधारले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनका अवसरमा ईपीसी ठेक्कामा हस्ताक्षर गरेको थियो । पावर चाइनामा सिनो हाइड्रोलगायत ९८ वटा सहायक कम्पनी छन् । पावर चाइना सिनो हाइड्रोमार्फत् नेपालमा ३० वर्षदेखि जलविद्युत् तथा भौतिक पूर्वाधार निर्माणमा संलग्न छ । ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिकाहुँदै हेटौंडा उपमहानगरपालिकामा सुरुङमार्ग जोडिने छ । ५० मिटरको राइट अफ वे हुने सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर बन र ९० हेक्टर निजी जमिन तथा बागमती किनारका ७ वटा दाहसंस्कार स्थल प्रभावित हुने र तीन स्थानमा करिब ४।५ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।

कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङमार्ग निर्माणको अन्तिम स्वीकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण ९बुट० ऐनअन्तर्गत् सरकारले पूर्वाधार विकास कम्पनीलाई परियोजना सुम्पेको हो । कम्पनीले निर्माणपश्चात् ३० वर्षसम्म सञ्चालन गरेर सुरुङमार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नुपर्ने सम्झौतामा छ ।  निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले शुभसाइत ठहरिएको दिन भन्दै हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग निर्माणका लागि २०७० मंसिर १५ गते भूबराह पूजा गरेको थियो । मकवानपुरको तत्कालीन कुलेखानी गाविस वडा नम्बर–२ लाम्दोली, चुरेपाखास्थित सुरुङको प्रस्तावित प्रवेशविन्दुमा देशका प्रतिष्ठित पण्डितहरुद्वारा पा“च प्रकारका पूजा गरिएको हो ।

चार पण्डितले वेद, एक पण्डितले चण्डी, ११ पण्डितले रुद्रि, तीन पण्डितले हवन र अन्य पण्डितले पृथ्वीसुक्त, सामवेद, भागवत पाठ गरेका थिए भने केहीले पञ्चशीला पूजा, विश्वकर्मा पूजा, नागपूजा र स्थानीय मठमन्दिर पूजा गरेका थिए । भूबराह पूजापछि कुनै काम अगाडि बढेको छैन ।

No comments:

Post a Comment

loading...