Tuesday, 5 March 2019

२८ वर्षपछि विद्युत महशुल तिर्दै अस्पताल


हेटौंडा, फागुन २२ । हेटौंडा अस्पतालले २८ वर्ष पछि बक्यौता विद्युत महशुल तिर्न शुरु गरेको छ । अस्पतालका प्रमुख डाक्टर प्रवीण श्रेष्ठको पहलमा २०४७ सालदेखिको उक्त विद्युतको महशुल तिर्न थालिएको हो । गत हप्ता मात्रै ११ लाख विद्युत महशुल बुझाएको श्रेष्ठले प्रतिक्रिया दिए । अस्पतलाको ३ वटा मिटर बक्समा हालसम्म ८० लाख विद्युत उठेको जनाइएको छ ।

१ नम्बर मिटरको ११ लाख तिरेको जानकारी दिँदै डाक्टर श्रेष्ठले अब ६९ लाख तिर्न बा“की रहने बताए । बुटवल अस्पतालमा केहि सयमअघि विद्युत प्राधिकरणले महशुल नतिरेको भन्दै लाइन कटौती गरेको थियो । लाइन काटिए पश्चात् त्यहा“का बिमारीहरुको अवस्था एकदमै नाजुक हुन पुगेको थियो  । बुटवलको अवस्था हेटौंडामा हुने डर भएपछि थोरैथोरै रकम तिरेर भएपनि बक्यौता तिर्न सुरु गरिएको श्रेष्ठले बताए । अस्पतालका कर्मचारी र पदाधिकारीसँगको सल्लाह अनुसार नै महशुल तिर्ने सुरु गरिएको उनले प्रतिक्रीया दिए । श्रेष्ठको ६ महिना कार्यकालमा धेरैनै काम भएको स्थानीय सरकार र सरोकारवालाले बताएका छन् ।

यसअघि पनि ०६७ सालमै अस्पतालमा सेन्ट्रल सक्सन सिस्टम र सेन्ट्रल अक्सिजन सिस्टम निर्माण गरिएको भएपनि ८ वर्षपछि सञ्चालनमा ल्याएका थिए । त्यसैगरी अस्पतालको आकस्मिक कक्ष अगाडि अक्सिजन अलार्म बक्स समेत राखिएको उनले जानकारी दिए । त्यस्तै अस्पतालमा हाल मेजर अप्रेसन भने रेगुलर हुन थालेको छ । मुत्रथैलीको प्रोस्टेड ग्रन्थी, फुटेको एपेन्डिसाइटिस र मृगौलाभित्र भएको पत्थरीको सफल शल्यक्रिया भइरहेको उनको दबी छ ।

No comments:

Post a Comment

loading...