हेटौंडा, फागुन २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज हेटौंडामा टी–२० क्रिकेट खेल्ने भएको छ । हुप्रचौर खेलमैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको पारस खड्का ११ र एमसीसी ११ बीच मैत्रीपूर्ण प्रतियोगिता हुने भएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्कासहित राष्ट्रिय खेलाडी हेटौंडा आएका छन् । हेटौंडामा आज हुने च्यारिटी म्याच खेल्न खड्कासहित टोली हेटौंडा आएको हो । म्याचमा मकवानपुरविरुद्ध पारस खड्का नतृत्वको टिमले हेटौंडा–४ को हुप्र खेलमैदानमा प्रतिस्पर्धा गर्नेछ ।
ब्लड क्यान्सरबाट प्रभावित मकवानपुरे क्रिकेट खेलाडी निरज श्रेष्ठको उपचारमा सहयोग जुटाउने उद्धेश्यले राष्ट्रिय क्रिकेट टोली र मकवानपुरबीच प्रतियोगिता हुन लागेको हो । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमा खड्काले क्रिकेट खेलाडीलाई खेलाडी भएर सहयोग गर्न पाउँदा खुशी लागेको बताए । च्यारिटी म्याचले देशभर राम्रो सन्देश जानेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । च्यारिटी म्याच भए पनि खेल निष्पक्ष हुने उनले दाबी गरे । उनले देशमा क्रिकेट बोर्डको आवश्यकता रहेको बताए । हेटौंडामा ड्कासहित राष्ट्रिय खेलाडीहरु मेहबुब आलम, आरिफ शेख, आसिफ शेख, अमित श्रेष्ठ, सन्दीप जोरा, अनिल शाह, अनिलकुमार मण्डल, सोमपाल कामी, रामनरेश गिरी, दीपेन्द्रसिं ऐरी, शशी केशरी र राजु खड्का आएका छन् ।
म्याच विशुद्ध उपचार सहयोगार्थ रहेकोले कसैलाई पनि पासको व्यवस्था नगरिएको संयोजक माधव तिमल्सिनाले जानकारी दिए । म्याचबाट संकलित सबै रकम श्रेष्ठको उपचारमा खर्च हुने आयोजकले जनाएको छ । मकवानपुरका क्रिकेटरसहित सिजन्स् ब्याण्डका सुजिल कर्माचार्य, बर्ड्स ब्याण्डका विजय कार्की, गायक कमल के क्षेत्री, गायिका विद्या तिवारी, फुटबल राष्ट्रिय खेलाडी अञ्जन बिष्ट र रञ्जन बिष्टले खेल्ने बताइएको छ । क्रिकेट टोलीलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गर्दै बजार परिक्रमा गराउने कार्यक्रम छ ।
मकवानपुरको क्रिकेट क्षेत्रको उत्थानमा लागेका श्रेष्ठको उपचारमा ५० लाख रुपियाँ भन्दा बढी खर्च भइसकेको जनाइएको छ । राजीव गान्धी अस्पताल दिल्लीमा उपचाररत् उनको उपचारमा अझ ५० लाखको हाराहारीमा खर्च लाग्ने बताउँदै आयोजकले प्रतियोगिताबाट २० लाख संकलन गर्ने लक्ष्य राखेको छ । प्रतियोगिता आयोजक समिति संयोजक अनुपप्रसाद सेनुरियाले प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम उपचाररत् श्रेष्ठको उपचारमा खर्च गरिने बताए । उनले मकवानपुरलाई क्रिकेटमा चिनाउने सफल व्यक्तिको उपचारमा सहयोग गर्न कार्यक्रम राखिएको बताए ।
हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले मकवानपुरे उत्कृष्ट खेलाडी तथा क्रिकेट विकासमा योगदान दिएका श्रेष्ठको उपचारका लागि हुन लागेको कार्यक्रममा पमहानगरले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रतियोगिता सहआयोजक मदन भण्डारी स्पोटर््स एकेडेमी अध्यक्ष निरजसिंह ठकुरीले श्रेष्ठको स्वास्थ्योपचारको उद्धेश्य लिएर गरिएको कार्यक्रममा सहयोगको अपेक्षा गरे ।

No comments:
Post a Comment