Monday, 11 March 2019

जुत्ताको प्रवर्द्धन गर्न मेला


हेटौंडा, फागुन २८ । हेटौंडामा नेपाली जुत्ताको प्रदर्शनी तथा ब्यापार मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ तथा फुटवेयर एसोसियसनको आयोजनामा ‘स्वदेशी वस्तु प्रवद्र्धन–हाम्रो अभियान’ मूल नारासाथ २० दिन मेला हुने भएको हो । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी मेला आयोजक समिति संयोजक होमनाथ उपाध्यायले हेटौंडाको पल्पसा हलमा मेला गरिने बताए । मेलामा नेपाली ब्राण्डको जुत्ताका करिब ५० वटा स्टल रहने बताइएको छ ।

प्रदर्शन अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ताचप्पल र वस्तुमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । नयाँ शैक्षिक वर्ष सुरु हुन लागेका कारणले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्रीसमेत प्रदर्शनमा राखिने बताइएको छ । मेलामा एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल राखिने छ ।

प्रदर्शनीमा नेपालका चर्र्चित ब्राण्ड बीएफ डियरहिल सुज, रोयल सुज, रन सुज, हाइलाइफ चप्पल, सुल्याण्ड कोसेली रहने छन् । पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल÷कलेज सुज, लेडिज चप्पल, हवाई चप्पल, डीएमएस जुत्ता, बेल्टलगायत छालाजन्य वस्तु तथा उत्पादन रहने मेला विहान ९ बजेदेखि सा“झ ८ बजेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रदेश–३ का उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले गर्ने गरी तयारी गरिएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । प्रादेशिक महोत्सवका रुपमा संघले  हेटौंडामा मेला गर्ने भएको हो ।

दुई करोड ५० लाखको ब्यापार अनुमान गरिएको मेलामा २ लाख ५० हजारले अवलोकन गर्ने  अनुमान आयोजकले गरेको छ । मेलामा हरेक जुत्तामा ६ महिनाको वारेन्टीसमेत रहने छ । पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपाने तथा अरुणराज सुमार्गी, फुटवेयर एसोसिएसन पूर्वअध्यक्ष होमनाथ उपाध्याय, विवेक फुयाँल, रामशरण सापकोटा, रुद्र न्यौपाने लगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment

loading...