हेटौंडा, चैत ४ । सक्कली प्रहरीले गरेको ‘कानुनी कारबाही’को फाइदा उठाउँदै गाउँमा नक्कली प्रहरी जन्मिएका छन् । गाउँका प्रहरीले गाँजा नियन्त्रणका लागि कारबाही चालेपछि सोही मौकाको फाइदा उठाउँदै मकवानपुरको बिकट गाउँ राक्सिराङमा ‘लुटेरा प्रहरी’ समूह सक्रिय भएको हो । केही दिनअघि मकवानपुर प्रहरीले राक्सिराङमा गाँजा नियन्त्रणका लागि केही ‘कारबाही’ गरको थियोे । लागुऔषध उत्पादन गरी भण्डारण गरिएका केही घरमा प्रहरीले छापा मारेर केही मानिस र लागुऔषध गाँजा बरामद गरेको थियो । उनीहरुमा गाँजा उत्पादन गरेको र भण्डारण गरेको आरोपमा आफूलाई पनि प्रहरीले पक्राउ गर्ला कि भन्ने त्रास छ ।
सोही क्रममा प्रहरी बर्दीका ६ जनाको समूहले शुक्रबार राति राक्सिराङ–४ का अर्जुन घलान र ठूलीमाया ब्लोनको घरबाट नगद तथा गरगहना लुटपाट गरेको छ । घलानको घरबाट भुकम्प पुनर्निर्माण प्राधिकरणबाट ल्याइएको नगद १० हजार रुपियाँ तथा ब्लोनको घरबाट तिलहरी, मारबाडी, ढुंग्रीलगायत गरगहना लुटपाट भएको छ । राति करिब ९ः३० बजे गएको समूहले आफूहरु प्रहरी भएको बताउ“दै घर खोल्न लगाएको स्थानीयले बताए । ‘प्रहरीजस्तै देखिने मानिसहरु आएर ढोका खोल्न लगाए र नगद तथा गरगहना लुटपाट गरी भागेको स्थानीयले जानकारी दिएका छन्,’ वडा अध्यक्ष ठाकुर कोइरालाले भने–प्रहरीको बर्दी लगाएका उनीहरुले मास्क लगाएका थिए ।
वडा अध्यक्ष कोइरालाले लुटपाटमा संलग्न हुनेहरुको खोजी भइरहेको बताए । उनले इलाका प्रहरी कार्यालयमा बुझ्दा त्यहाँबाट प्रहरी परिचालन नभएको जानकारी पाएपछि उक्त समूह लुटेरा नै भएको पुष्टि भएको बताए । पछिल्लो समयमा प्रहरीले गाउँपालिकामा गाँजा नियन्त्रण अभियानका लागि छापा मार्ने गरेको छ । प्रहरीको सिको गर्दै लुटेरा समूहले प्रहरीको बर्दी प्रयोग गरी लुटपाट मच्चाउने क्रम बढेको वडाध्यक्ष कोइरालाले बताए ।
राति सक्रिय हुने उक्त समूहसँग केही नक्कली हतियार पनि रहेको स्थानीय बताउँछन् । उनीहरु ग्रामीण क्षेत्रमा पुगेर ‘हामी प्रहरी हौं, ढोका खोल’ भन्दै स्थानीयलाई तर्साउने, धम्क्याउने र लुटपाट गर्ने गरेको पाइएको छ । केही समयअघि प्रहरीले कैलाश गाउँपालिका–८ स्थित चामेसिंह मोक्तानको घरबाट बोरामा लुकाइराखेको अबस्थामा ६५ किलो गाँजासहित उनलाई पक्राउ गरेको थियो । वर्ष २६ का मोक्तानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीबाट लागुऔषध नियन्त्रण ऐनबमोजिम कारबाही भएको थियो ।
चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको लागुऔषध गाँजा तथा अफिम फँडानी अभियानको अन्त्यतिर आइपुग्दा कतिपय स्थानका कुनाकाप्चामा फँडानी गर्न छुट हुन गएको गाँजा संकलन गरी बेचबिखनको तयार गरिएको अबस्थामा गाँजा नियन्त्रणमा लिने क्रम जारी छ । यस प्रकारले अन्य स्थानमा पनि लागुऔषध बेचबिखनका लागि संकलन गरी राख्नसक्ने देखिएकोले सम्भावित स्थानमा आवश्यक सूचना संकलन गरी छापा मारेर लागुऔषध गाँजा बरामद तथा संलग्न व्यक्तिलाई पक्राउ गर्ने अभियान अघि बढाउँदै लैजाने रणनीति जिल्ला प्रहरी कार्यालय मकवानपुरले तयार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको हालसम्म मकवानपुरमा करिब ४ सय ५८ बिगाहा गाँजा तथा ३३ बिगाहा अफिम खेती नष्ट गरेको छ । प्रहरीले लागुऔषध फँडानीको सन्दर्भमा सफलता हासिल गरेको दाबी गरेकोे छ । गाँजा तथा अफिम फँडानीका लागि १ हजार ५ सय प्रहरी परिचालित भएका थिए ।

No comments:
Post a Comment