हेटौंडा, चैत १४ । प्रदेश–३ सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्ने भएको छ । आइतबार हेटौंडा अस्पतालबाट प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गर्ने भएको हो । हेटौंडा अस्पतालबाट स्वास्थ्य परीक्षण गरिने महाशाखाले जानकारी दिएको छ । नागरिकले आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भन्ने थाहा पाउन कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास मन्त्रालयका अधिकारीको भनाइ छ ।
स्वास्थ्य अवस्था पहिचान भएपछि आवश्यकताअनुसार उपचार भने नागरिकले आफ्नै खर्चमा गर्नुपर्नेछ । विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जाति, दलित, महिला स्वास्थ्य स्वयम्सेविका, शहीद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन कार्यक्रम सुरु गरिने भएको हो । हेटौंडा उपमहानगरसहित भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र धादिङका १/१ वटा स्थानीय तहका लक्षित समूहलाई निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सतिश बिष्टले बताए ।
हेटौंडा अस्पतालसहित धादिङ अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र सिन्धुली अस्पतालमा स्वास्थ्य परीक्षण गरिनेछ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा ३० वर्ष पूरा भएका नागरिक हुनुपर्नेछ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनसम्बन्धि कार्यविधि, २०७५ को अनुसूचीअनुसार वडाध्यक्षबाट सिफारिस लिनुपर्नेछ । आर्थिक अभावका कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिन नसक्ने समूहलाई लक्षित गरी प्रदेश सरकारले नसर्ने रोग पहिचान गर्ने गरी कार्यक्रम ल्याएको बिष्टको भनाइ छ ।
प्रदेश सरकारले ५ वटा स्थानीय तहका २/२ हजार व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरी ती स्थानीय तहमा रहेका अस्पताललाई बजेट निकासा गरिसकेको छ । अस्पताललाई प्रतिव्यक्ति २ हजार २ सयका दरले स्वास्थ्य परीक्षण शुल्क उपलब्ध गराइएको छ । महाशाखा प्रमुख बिष्टका अनुसार चालु आर्थिक वर्षका लागि ३ करोड २० लाख रुपियाँ बजेट विनियोजन गरी नमुना कार्यक्रम सुरु गर्न लागिएको हो । संघीय सरकारले नसर्ने रोगबाट प्रभावितका लागि स्वास्थ्य उपचारमा सहुलियत प्रदान गरिरहेको सन्दर्भमा प्रदेश सरकारले निश्चित समूहलाई स्वास्थ्य समस्या पहिचान गर्न सहयोग गर्दै आवश्यकताअनुसार संघीय सरकारको कार्यक्रमबाट लाभ लिन परामर्श सेवा प्रदान गर्न सकिने बिष्टको भनाइ छ ।

No comments:
Post a Comment