![]() |
| सांकेतिक फोटो |
हेटौंडा, चैत ९ । हेटौंडा-१८, हर्नामाडीकी सञ्चिता आलेमगरका अनुसार घरघरमा सिंहदरबार आएको भन्छन् । तर, चुनाब भएको दुई वर्ष बित्न थाल्दा पनि परिवर्तनको अनुभूति गर्न नपाएको उनले गुनासो गरिन् । स्थानीय तहको निर्वाचनपूर्व गाउँनगरमा सिंहदरबार पुगेको खबरले हामी शुरुमा त उत्साहित थियौं । तर जनप्रतिनिधिको पछिल्लो रवैया देख्दा आफूहरुलाई दिक्क लागेको छ,’ उनले भनिन्–यहाँ केही नहुने छाँटकाँटका कारण रोजगारीका लागि कोरियामा ट्राइ गर्न लागेको हुँ ।
भीमफेदी गाउँपालिका—३ का सुमित नेपाल हाल स्नातक पहिलो वर्षमा अध्ययनरत् छन् । उनी अध्ययनबाट विश्राम लिने सुर गरिसकेका छन् । नेपाल भन्छन्–पढाइले पनि केही काम हुँदैन, जतिसुकै पढे पनि हामीले यहाँ पाँच/सात हजारको जागिर खाएर बस्नुपर्छ, त्यसैले विदेशिने निर्णय गरें । स्थानीय तहले गाउँमै रोजगारीको अवस्था सिर्जना गरेर हामीजस्ता युवालाई विदेशिन रोक्ने काम गर्न सकेनन् ।
लक्ष्मी डिजिटल फोटो स्टुडियोमा फाराम भर्न आएका मनहरी गाउँपालिकाका अनिष मग्रन्ती भन्छन्–वाध्यताले फाराम भर्न आएको हुँ, प्रयास गर्दै गर्नुपर्छ । नेपाल बसेर त केही हुन्न, त्यसैले आफ्नो भविष्यका लागि बेलैमै सोचें मैले । ‘चुनाबका बेला सुरक्षित अनि व्यवस्थित पर्यटकीय सहर, व्यवस्थित बसपार्क, स्वच्छ पिउने पानी, बाटोदेखि ‘स्मार्ट सिटी’ बनाउनेसम्मका नारा गुञ्जिन्थ्यो । तर, हाल वास्तै छैन । सरकारको भर परे त कहिले उन्नतिमा पुगिँदैन,’ मग्रन्तीले भने ।
रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत् शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आबेदन खुला भएसँगै हेटौंडामा अनलाइन फाराम भर्नेको भिड देखिएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आबेदन दर्ता गर्नुपर्ने हुँदा हाल हेटौंडा बजारका विभिन्न फोटो स्टुडियोदेखि अन्य पसलमा समेत फाराम भर्नेको लर्को देखिन्छ ।
स्थानीय सरकार आएपश्चात् वैदेशिक रोजगारीमा जाने भिड कम गराउने कुरा यहाँका जनप्रतिनिधिले चुनाबका समयमा नभनेका पनि होइनन् । तर, स्थानीय तहको निर्वाचन भएको झण्डै दुई वर्ष बित्दा पनि युवाका लागि रोजगारीमूलक काम गर्न नसकेको गुनासो सुनिन्छ । कोरियाली भाषा परीक्षाका लागि अठार वर्ष पूरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आबेदन गर्नसक्ने बताइएको छ । यसो हेर्दा नेपालका धेरै युवा विदेश पलायन हुने देखिन्छ ।

No comments:
Post a Comment