Friday, 22 March 2019

लज्जाबोध बन्दै कान्तिलोकपथ


हेटौंडा, चैत ९ । २०१३ मा तत्कालीन राजा महेन्द्रले हेटौंडा–काठमाडौं जोड्ने ९० किमी लामो कान्तिलोकपथ शिलान्यास गरे । सडक सम्पन्न हुँदा हेटौंडा बजारबाट चौघडा–मकवानपुरगढी–बागमती हुँदै ललितपुरको बगुवा–तीनपाने–टीकाभैरव–चापागाउँ–सातदोबाटो पुग्छ । ६२ वर्षदेखि निर्माणाधीन सडकलाई २०६५ मा सरकारले लोकमार्गमा पारिभाषित गरेपछि कान्तिलोकमार्ग सम्पन्न गर्न करिब ३ अर्ब ४२ करोड ६७ लाख बजेट अनुमान गरियो ।

भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव शिवराम सापकोटाको भनाइमा निर्माणाधीन लोकमार्गमा पर्ने ४ किमी चट्टान फुटाउन नसक्दा काम अगाडि बढेको छैन । सेनाले विस्फोटक पदार्थ नदिएका कारण निर्माण अड्किएको छ । नेपालको विकासको गति झल्काउन यो लोकमार्ग काफी छ । नाम राष्ट्रिय गौरवका आयोजना भनिए पनि तिनको हविगतले नागरिकलाई लज्जाबोध गराउँछ । काठमाडौं जोड्ने पहिलो त्रिभुवन राजपथ राणा शासनको अन्तिम समयमै सर्वेक्षण भइसकेको थियो । कुलेखानी–फर्पिङ हुँदै काठमाडौं जोड्ने २५ किमी सुरुङसहित ४० किमी सडकको सट्टा भारतले १ सय ३८ किमी लामो त्रिभुवन राजपथ निर्माणका लागि गरेको सहायता आफैंमा आश्चर्यको विषय थियो ।

सन् १९५० मै स्वीस मिसनले कुलेखानी–फर्पिङ क्षेत्रको सडक निर्माणका लागि सुझाएको थियो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले फर्पिङमा सडकको शिलान्यास पनि गरे । तर, तीन सातामा शिलान्यास गरेको ढुंगामात्र हटाइएन, भारतीय सेनाको सहयोगमा घुमाउरो १ सय ३८ किमी लामो त्रिभुवन राजमार्ग निर्माणमा लागियो ।

No comments:

Post a Comment

loading...