हेटौंडा, चैत ३ । हेटौंडा–७, नागस्वतीमा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा नष्ट गर्ने काम सुरु भएको छ । शनिबार साँझसम्म उक्त क्षेत्रका ११ हजार कुखुरा नष्ट गरिएका छन् । नष्ट गर्ने कार्य रातभर पनि जारी राखिएको छ । उक्त क्षेत्रका ४१ हजार ५ सय कुखुरा नष्ट गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । टोलीले आइतबार बेलुकासम्म सबै कुखुरा नष्ट गरिसक्ने कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारीले जानकारी दिए । कुखुरा नष्ट गर्न कुखुरा व्यवसायी तथा स्थानीयका गरी ३ वटा टोलीमा २५ जना खटिएका छन् ।
शनिबार बिहान ११ बजेबाट नागस्वतीका कुखुरा नष्ट गर्ने काम सुरु भएको हो । भेटरिनरी अस्पताल हेटौंडा, कुखुरा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालयसहित स्थानीय कुखुरा व्यवसायीको सहभागितामा कुखुरा नष्ट गरिएको हो । नष्ट गरिएका कुखुरा पुर्न जेसीबी मेशिन प्रयोग गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी तामाङ नेतृत्वको बैठकले कुखुरा मार्ने र किसानलाई उचित क्षतिपूर्ति दिइने निर्णय गरेको थियो । जसमा अण्डा पार्न तयार भएको कुखुरालाई ९ सय, बेच्न तयार ब्रोइलरलाई ४ सय तथा अण्डा प्रतिगोटा ११ रुपियाँ दिन सिफारिस गर्ने सहमति भएको थियो । मकवानपुर कुखुरा व्यवसायी संघले यसमा सहमति जनाएको थियो । उक्त मूल्य निर्धारण गरी जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई बुझाइएको छ ।
मकवानपुरमा २०६९ साउन ३१ गते कुखुरामा बर्डफ्लुका जीवाणु फेला पर्दा ११ हजार कुखुरा मारिएको थियो । किसानले प्रतिकुखुरा दुई सय ८० रुपियाँ क्षतिपूर्ति पाएका थिए । कुखुरा व्यवसायी संघले बर्डफ्ल राहत समिति र प्रदेश–३ को भूमि, कृषि, पशु तथा सहकारी मन्त्रालयलाई क्षतिपूर्ति कहाँ र कसले दिने भन्ने विषयमा पत्र दिएको अधिकारीले बताए । ‘तीन तहको सरकारका कारण व्यवसायीहरु कुन सरकारमा गएर क्षतिपूर्ति लिने भन्ने अन्यौलमा छन्,’ उनले पत्र पेश गरेको ४५ दिनभित्र व्यवसायीले क्षतिपूर्ति पाइसक्नुपर्ने माग गरिएको बताए ।
किसानले प्राविधिक टोलीले तोकेको चार किल्ला गलत भएको बताएका छन् । बैठकको निर्णयअनुसार नागस्वतीका व्यावसायिक लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर–६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा बनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्रका कुखुरा नष्ट हुनेछन् । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गर्ने थालिएको हो । पशु सेवा विभागको प्राप्त पत्रअनुसार तोकिएका चार किल्ला किल्लाका घरपालुवा पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरी उचित विसर्जन शुरु भएको छ ।
चार किल्ला क्षेत्र बाहिरका कुखुरा तथा पक्षीको निरन्तर सर्भिलेन्स गरी नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइने र प्रयोगशालाबाट बर्डफ््ल प्रमाणित भए उक्त खोरका पक्षी नष्ट गरी विसर्जन गरिनेछ । पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरिसकेपछि जसको नष्ट गरिएको हो, उनै किसानको जग्गामा उचित विसर्जन गर्ने निर्णयसमेत भएको थियो । नष्ट गरिएका पक्षी तथा पक्षीजन्य पदार्थको क्षतिपूर्तिको दररेट निर्धारण गर्न बर्डफ्ल नियन्त्रण आदेश, २०६४ बमोजिम क्षतिपूर्तिका लागि पशुसेवा विभागमा सिफारिस गरिने बताइएको छ ।
हेटौंडा–७ मा रहेका ४८ वटा फर्ममध्ये २८ वटा फर्ममा मात्र कुखुरा बाँकी रहेको र ती फर्मको कुखुरा नष्ट गरिने प्रजिअ तामाङले बताए । सीमाक्षेत्र बाहिरका कुखुरा फर्ममा पशु चिकित्सक टोली परिचालन गरी रोग नियन्त्रणका लागि नमूना संकलन गर्ने र रोग प्रमाणित भए कुखुरा नष्ट गरिने भएको छ । अनपेक्षितरुपमा कुखुरा मरेको किसानको गुनासोपछि पशु चिकित्सक टोली संक्रमित क्षेत्र पुगेको थियो । टोलीले संक्रमित क्षेत्रबाट ५ वटा फर्मबाट १० वटा नमूना संकलन गरी जाँचका लागि केन्द्रीय प्रयोगशाला पठाएको थियो । सोको रिपोेर्ट २५ दिनपछि आउ“दा किसानको खोर रित्तिएको स्थानीयको गुनासो छ ।
बर्डफ्लु प्रभावित क्षेत्रमा चार किल्ला तोकेर कुखुरा र कुखुराजन्य पदार्थ निर्यातमा रोक लगाएपछि प्रजिअ तामाङको अध्यक्षतमा मकवानपुर कुखुरा व्यवसायी संघ, पशुसेवा विभाग काठमाडौंका प्रतिनिधि तथा जिल्लाका कुखुरा व्यवसायी र उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिबीचको बैठकमा चर्काचर्की परेको थियो । रोेगको संक्रमण फैलन सक्ने भन्दै प्रशासनले बिहीबारबाट पक्षीजन्य उत्पादन ओसारपसारमा रोक लगाएको थियो । शुक्रबारको बैठकपछि प्रशासनले सिल गरेका क्षेत्रबाहेक अन्यत्रका उत्पादन बिक्री वितरण खुला गरेको छ । रोग प्रभावित क्षेत्रमा फागुन १३ अगाडि गम्बारो र रानीखेतसहितको संक्रमण देखिएको रिपोर्ट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिएको थियो ।

No comments:
Post a Comment