Friday, 15 March 2019

‘महा एक्सचेन्ज’मा बाइक साट्नेको घुईंचो


हेटौंडा, चैत २ । बजाजको हेटौंडाका लागि आधिकारिक बिक्रेता होराइजन अटो प्राील हेटौंडाले ‘महा उत्सव, महा एक्सचेन्ज’मा अहिले सम्मकै धेरै मोटरसाइकल साटिएको दाबी गरेको छ ।  बजाजले महा एक्सचेन्जमा नयाँ योजना ल्याउँदा उपभोक्ता आकर्षित भएको जानकारी दिँदै होराइजनका सञ्चालक लालकाजीरत्न बज्रचार्यले धेरै उपभोक्ता लाभाम्वित भएको बताए ।

होराइजनले हेटौंडाको बजाज सोरुम अगाडि फागुन २८ गतेदेखि चैत्र ३ गते सम्म मेला सञ्चालन गर्दै आइरहेको छ । होराइजनका लालकाजी रत्न बज्राचार्यले मेलामा ३० भन्दा बढी बाइक एक्सचेन्ज भएको जानकारी दिए । बिहीबार विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीले नेपाल बन्द गर्दा मेलालाई असर पारेको उनले बताए । उनले बन्दको प्रभावले गर्दा एक्सचेन्जमा धक्का लागेको गुनासो सुनाए ।

अफरमा कुनैपनि कम्पनीको पुरानो बाइक ९चल्ने हालतमा होस् वा नचल्ने हालतमा तथा जतिबर्ष पुरानो भएपनि० ल्याएर न्यूनतम मूल्य ३० हजार पाउने छन् । बाइक एक्सचेन्ज गर्नेले स्क्र्याच कार्डमार्फत २० हजार रुपैयाँ पाउनेछन् । त्यस अबधिमा क्यासमा बाइक खरिद गरेमा स्क्र्याच मार्फत १५ हजार रुपैयाँ पाउने होराइजनले जनाएको छ । यस अवधिमा बाइक खरिद गर्नेलाई लेगार्ड, ल्याप्टक ब्याग, हेल्मेट, बाईक कभर र सिट कभर दिने अर्का सञ्चालक राजुकाजीरत्न बज्रचार्यले जानकारी दिए । होराइजनले सरल फाइनान्सको पनि सुबिधा दिइरहेको छ । शुक्रबारसम्म करिब ५० जनाभन्दा बढीले बाइक खरिद गरिसकेका छन् ।

No comments:

Post a Comment

loading...