हेटौंडा, फागुन १२ । थाहानगर–१ को ओखरबजारमा नगरपालिकाको पहिलो यात्रु प्रतिक्षालय बनाइएको छ । प्रतिक्षालयको थाहानगर प्रमुख लवशेर बिष्टले उद्घाटन गरिएको हो । थाहा नगरपालिकाको २ लाख, कृषि विकास बैंक पालुङ शाखाबाट १ लाख तथा स्थानीय उपभोक्ताको समेत गरी ३ लाख ९७ हजार रुपियाँमा प्रतिक्षालय निर्माण गरिएको हो ।
प्रतिक्षालय निर्माण समिति अध्यक्ष प्रवीण प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा सहयोगीहरुलाई कदर पत्रसहित सम्मान गरिएको थियो । कृषि विकास बैंक क्षेत्रीय निर्देशक बाबुकाजी थापाको विशेष आतिथ्यता रहेको समारोहमा थाहा नगर उपप्रमुख, खड्ग गोपाली, प्रशासन शाखा प्रमुख अनिल लामिछाने, कृषि विकास बैंक पालुङ शाखा प्रमुख बिनोद रेग्मी, थाहानगर उद्योग वाणिज्य संघ महासचिव सुरेन्द्रमान प्रधान, पालुङ जेसीज वर्ष २०१९ अध्यक्ष कुमार नेगीलगायतकाको आतिथ्यता थियो ।
कार्यक्रमका वक्ताहरुले यात्रु प्रतिक्षालयले यात्रुका लागि सहज भएकोमा समुदायको सक्रियताप्रति खुशी व्यक्त गरेका थिए ।
No comments:
Post a Comment