Saturday, 23 February 2019

थाहानगरमा आँखा केन्द्र

थाहानगरमा आँखा केन्द्र

हेटौंडा, फागुन १२ । तिलगंगा सामुदायिक आँखा केन्द्र थाहा नगरपालिकाको उद्घाटन भएको छ । थाहानगर–३ मा स्थापना भएको आँखा केन्द्रको प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पौडेलले आँखाका डाक्टरहरुको भूमिकाप्रति खुशी व्यक्त गरे । मुख्यमन्त्री पौडेलले  छोटो समयमा भवन निर्माण गर्न सफल भएकोमा नगरपालिकालाई उनले धन्यबाद दिए । आगामी दिनमा पनि तीव्रगतिमा काम गर्न अनुरोध गर्दै पौडेलले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

‘विकासका लागि हामीले कसैको मुख ताक्नु पर्दैन, हामीसँग प्रशस्त स्रोतसाधन छन्, तिनको प्रयोग गरेर जनस्तरबाट विकासमा जोड गर्नुपर्छ,’ उनले भने । थाहानगर र आसपासका नागरिकलाई आँखा जाँच र उपचारका लागि सहयोग पु¥याउने उद्धेश्यले भिजन हिमालयको सहयोगमा आँखा केन्द्र स्थापना गरिएको हो । ४० लाख  लागतमा केन्द्र भवन निर्माण गरिएको हो ।
   
थाहा नगरपालिका र तीलगंगा आँखा अस्पतालको समन्वयमा थाहानगरको थानाबजारमा आँखा अस्पताल बनेको हो । तीलगंगा आँखा अस्पताल र हेटांैडा सामुदायिक आँखा अस्पतालको सहयोगमा करिब ५० लाख लगानीमा आँखाको सामान्य उपचार गर्न सकिने गरी अस्पताल निर्माण गरिएको हो । यसअघि पालुङ स्वास्थ्य केन्द्रमा मासिकरुपमा आँखा उपचार हँुदै आएको थियो । अब भने नियमितरुपमा केन्द्र सञ्चालन हुने छ ।

चार कोठे केन्द्र भवन निर्माणका लागि नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच वैशाखमा सम्झौता भएको थियो । आगामी दिनमा उपचार केन्द्रको स्तरोन्नति गर्दै लाने र पाँच वर्षभित्र उक्त क्षेत्रका आँखाका हरेक प्रकारका रोगीलाई सुविधा दिने उद्धेश्यले अस्पतालकै रुपमा उपचार केन्द्र स्थापना गरिएको थाहानगर प्रमुख लवशेर बिष्टले जानकारी दिए । आकस्मिकरुपमा शल्यक्रिया गर्नुपर्ने र जटिल बिरामीलाई
हेटौंडा सामुदायिक आँखा अस्पताल र तिलगंगा आँखा अस्पताल काठमाडौं पठाइने हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए । थाहानगर थानाबजारकोे सामुदायिक प्रहरी सेवा केन्द्रको करिब १ सय मिटर भित्रको सार्वजनिक जग्गाको २ रोपनी १४ आना क्षेत्रफलमा अस्पताल भवन बनेको थाहा नगर प्रमुख बिष्टले बताए ।

No comments:

Post a Comment

loading...