हेटौंडा, फागुन १५ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । एस ३५० हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारी सहित टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको हेलिकोप्टरमा मन्त्री अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रव भोछिभोया, उपमहा निर्देशक वीरेन्द्रकुमार श्रेष्ठ र मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुन घिमिरे थिए । घटनास्थलमा रहेका स्थानीयका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएर आगो बलेको छ । कालिका होटल सञ्चालक सुरज भट्टराईले भने–हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको छ । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीका बुबाआमालाई काठमाडौं लगिएको छ । दुर्घटनाको खबरलगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं लगिएको हो । उनीहरुलाई यती एयरलाइन्सको विमानमार्फत् काठमाडौं लगिएको छ ।
दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको पोखरा महानगरालिका मालेपाटनस्थित घरमा पुगेका थिए । २०७४ चैत २ गते मन्त्री पद तथा गोपनियताको सपथ लिँदै मन्त्रालयको जिम्मेवारी सम्हालेका अधिकारीको बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको हो । पर्यटन र विमानस्थल सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीको विमानस्थल सम्भाव्यता अनुगमन गर्न जाँदा नै निधन हुनपुग्यो । मन्त्री पद सम्हालेको ११ महिना बित्दै गर्दा मन्त्री अधिकारी विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएका थिए ।
यस्तो छ मन्त्री अधिकारीको जीवनी
२०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी र पिता इन्द्रप्रसादको ज्येष्ठ पुत्रका रुपमा उनी जन्मिएका थिए । उनले गाउँकै व्रह्मज्योति प्रावि शान्तिपँधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्तिउदय मावि बरपाण्डेथुमबाट माध्यमिक शिक्षा प्राप्त गरेका थिए । माध्यमिक विद्यालयका शिक्षक रहेका बुबाका कारण पनि उनलाई शिक्षा हासिल गर्न सहज भएको थियो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयबाटै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिमा लागेका थियो । यसका साथै रेडक्रस तथा क्लबमा संलग्न हुँदै सामाजिक काममा उनी सक्रिय थिए ।
विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकुद, साँस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायत मध्यमबाट राजनीतिक जागरण सिर्जना गर्न सफल अधिकारी हाइस्कुले जीवनमा विद्यालयका जेहेन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी थिए । अधिकारीले विद्यार्थी जीवनमा ‘आमा’ गीति नाटक तथा प्रगतिशील साँस्कृतिक कार्यक्रममा पनि भाग लिएका थिए ।
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की–३ बाट निर्वाचित उनी संविधानसभा सदस्य हुँदा संविधान निर्माण तथा सार्वजनिक लेखा समितिमा रहेर खेलेको भूमिकाले अधिकारीको व्यक्तिगत जीवन झन उँचो बनाएको थियो । त्यसैले २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा पनि अधिकारी भारी मतले निर्वाचित हुन सफल भएका थिए । अधिकारीको क्रियाशीलताकै कारण पछिल्लो पटक सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए । विकासका लागि राजनीति भन्ने मान्यता बोकेका अधिकारी विकासप्रेमी नेताका रुपमा परिचित थिए ।

No comments:
Post a Comment