हेटौंडा, फागुन १६ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा निःशुल्क स्वास्थ्य शिविर पनि हुने भएको छ । फागुन १६ गतेबाट हेटौंडा–५, क्याम्पाडाँडामा हुने मेलामा ९ दिन विभिन्न रोगको छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुद्वारा सेवा दिइने संघ उपाध्यक्ष तथा मेला शैक्षिक तथा प्राथमिक उपचार व्यवस्थापन समिति संयोजक कृष्णकुमार गुप्ताले बताए । मेलाको १७ गते शुक्रबार छाला रोग विशेषज्ञ डा। रजनी अग्रवालद्वारा स्वास्थ्य सेवा हुने भएको छ । १८ गते शनिबार नाक, कान, घाँटी सम्बन्धि डा। इन्कलाब ढुंगानाले सेवा दिने जनाइएको छ ।
१९ गते आइतबार मधुमेह, प्रेसर तथा क्यान्सर रोग विशेषज्ञ डा। सुरेशकुमार दीपले भरतपुरबाट आएर सेवा दिनेछन् । २० गते हेटौंडाका बाल रोग विशेषज्ञ डा। हरिबहादुर खड्काले बालरोगको सेवा प्रदान गर्ने जनाइएको छ । २१ गतेदेखि २४ गतेसम्म कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण गरिने समिति संयोजक गुप्ताले बताए । हेटौंडा–५, क्याम्पाडाँडा चौरमा हुने मेलाको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मेला हुने स्थल सिंगारिएको छ । विभिन्न वस्तुका ४ सय ४० स्टल निर्माण अन्तिम चरणमा छ । चौरको पूर्वपट्टि स्टेज बनाइएको छ भने बालउद्यानको छुट्टै व्यवस्था गरिएको छ ।
मेलामा उद्योगका १५, महिला हस्तकलाका २०, अधिकृत बिक्रेताका ३०, कृषिका १०, अटोका १०, मोबाइलका २०, कम्प्युटरका २०, होटलका २०, आइस्क्रिमका १०, हस्तकला र पर्यटनका स्टल रहने बताइएको छ । मेलामा हास्य कलाकार जितु नेपाल, उमेश राइ, शिवहरी पौड्याल, किरण केसी, सन्ध्या बढा, गायकहरु शिव परियार, सुजिल कर्माचार्य, अशोक दर्जी, सुगम पोखरेल, प्रताप दास, निसान भट्टराई, कृष्ण काफ्ले, राजनराज शिवाकोटी, कुलेन्द्र विक, कमल क्षत्री, मिलन लामा, प्रिति आले, चेतन सापकोटा, शिव हमाल, निशा लामा, सुनिल थापा, रेखा लामा, टंक बुढाथोकी, एआर बुढाथोकी लगायत आउने पक्कापक्की भएको कलाकार संयोजक गणेश भेटवालले जानकारी दिए ।
मेलामा जिपिएक्स हेटौंडा आइडल हुने निश्चत भएको छ । आइडलको प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ४०, २० र १० हजार तोकिएको छ । पत्रकार सम्मेलनमा राष्ट्रियस्तरको मेलाको रुपमा विकास गर्नका लागि प्रदेशका जिल्लालाई समेटेर स्थानीय प्रबद्र्धनलाई जोड दिने लक्ष्य लिएको अध्यक्ष कृष्ण कटुवालले बताए । उनले यसअघि मेलालाई भड्कीलो बनाइयो भन्ने गुनासोलाई चिर्नका लागि र प्रादेशीक संरचनामा परिवर्तन भएपछि यसै अनुसार सम्भव भएसम्म १३ जिल्लाको प्रख्यात स्थानीय उत्पादनहरुलाई प्राथमिकतामा राखेर मेलामा प्रस्तुत गरिने जानकारी दिए । मेला अवधिभर संघका उपाध्यक्ष कृष्णकुमार गुप्ताको संयोजनमा विभिन्न विशेषज्ञ डाक्टरहरुलाई सहभागि गराई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन समेत गरिनेछ । मेलामा घोडा सयर ७०, डुङगा एक सय रुपैयाँ, कार्डसहित प्रवेश गर्ने विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने छ ।
त्यस्तै मेलामा आउने अवलोकनकर्ताहरुलाई वुद्धचोक, सिमाचोक, उद्योग वाण्ज्यि संघ चोक, बाट मेला स्थलसम्म जान तीन पाङग्रे सवारीको भाडादर— रु ३०।– मात्र कायम गरिएको छ । मेलाको सुरक्षा व्यवस्थापनदेखि लिएर खानेपानी, शौचालय, सरसफाई आदिलाई व्यवस्था मिलाईएको छ । ‘हामीले प्रदेशका सबै जिल्लाका स्थानीय उत्पादनलाई प्राथमिकता दिनेगरी जिल्लाहरुमा कुराकानी गरिरहेका छौं ।’ अध्यक्ष कटुवालले भने ‘अब ती उत्पादनलाई मेलामा स्थान दिनका लागि आवश्यक तयारी अघि बढाउने छौं ।’ मुलुक संघीय संरचनामा गइसकेपछि संघले आयोजना गर्ने मेलामा हेटौंडा प्रदेश ३ को राजधानी भएकै कारणले पनि सबै जिल्लालाई समेट्नुपर्ने देखिन्छ । १ करोड ३३ लाख लागत अनुमान गरिएको मेलामा विभिन्न पेशा, व्यापार, उद्योगमा संलग्न व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरि करिब ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको दाबी छ । करिव ५ करोडको कारोवार हुने आयोजकले अपेक्षा लिएको छ । मेलाको प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं। ३ र नेपाल पर्यटन बोर्ड रहने उल्लेख छ ।

No comments:
Post a Comment