![]() |
| सांकेतिक फोटो |
हेटौंडा, फागुन १७ । २०७२ वैशाखको भुकम्पबाट आंशिक क्षति भएका मकवानपुरका ११ हजार भन्दा बढी घरको रेट्रोफिटिङ कार्य अझ शुुरु भएको छैन । भुकम्पको करिब ४ वर्ष पुग्न लाग्दासमेत रेट्रोफिटिङको काम अगाडि बढ्न नसकेपछि भुकम्प पीडित जोखिमपूर्ण आवासमै बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला योजना कार्यान्वयन एकाईं मकवानपुरका अनुसार जिल्लामा ११ हजार ६ सय ३५ वटा निजी आवास रेट्रोफिटिङपछि बस्न मिल्ने भनेर पहिचान भएका छन् । तर, हालसम्म एउटै पनि आवास पूर्णतः रेट्रोफिटिङ भएको छैन ।
जिल्ला आयोजना कार्यान्वयन एकाईं हेटौंडाका अनुसार ४ हजार ४ सय ३५ लाभग्राहीले सरकारबाट प्राप्त हुने प्रवलीकरण अनुदानको पहिलो किस्ताको सम्झौता गरेका छन् । तर, एक जनाको पनि दोस्रो किस्ताको सम्झौता हुन सकेको छैन । दोस्रो किस्ताका लागि लाभग्राही सम्झौता गर्न नआउनु भनेको उहँ“हरुले पूर्णरुपमा आवास प्रवलीकरण गर्नुभएको छैन भन्ने नै हो,’ एकाईं प्रमुख सोमराज तिमल्सिनाले भने । सम्झौता भएकामध्ये ९५ प्रतिशत ९४ हजार २ सय ३५० लाभग्राहीले पहिलो किस्ता ५० हजार बुझेका छन् । आवास प्रवलीकरण पूर्णतः गरेपछि इञ्जिनियरको अनुगमनपछि पछिल्लो किस्तास्वरुप अर्को ५० हजार अनुदान प्राप्त हुन्छ ।
पहिलो किस्ता ५० हजार बुझेका लाभग्राहीले प्रवलीकरणका नाममा भुकम्पले चर्केको, फुटेको भत्केको भागमा टालटुल, छोपछाप तथा रंगरोगन गरेका कारण दोस्रो किस्ता सिफारिस नभएको बुझिएको छ । रेक्टोफिटिङको कार्य अघि बढ्ने देखि“दैन । किनकि, सुविधा माग्दै प्राविधिकहरु काम छाडेर आन्दोलनमा उत्रिएपछि उक्त कार्य अन्योलमापरेको छ । पुराना भवन र पूर्वाधारलाई भुकम्पीय दृष्टिले सुरक्षित बनाउने विधिलाई रेट्रोफिटिङ भनिन्छ । ‘रेट्रोफिटिङ’ भन्नाले पुराना भवनको प्रवलीकरणमात्र गर्नु हो भनेर पनि बुझ्नुहुँदैन । हुन त यसमा विशेषगरी पुराना भवनलाई प्रवलीकरण गरेर सुरक्षित बनाइन्छ ।
साथै, भवनआसपासका अनावश्यक सामान हटाएर सुरक्षित पनि पार्नुपर्छ । विशेषगरी भवन निर्माणमा आवश्यक पर्ने सिमेण्ट, ढुंगा र ईंटाको जोडाइसमेत व्यवस्थित गर्नुपर्छ । त्यसैगरी घरको पिलर र ढलान पनि बलियो बनाउनुपर्छ । नयाँ भवन निर्माण गर्नुभन्दा ‘रेट्रोफिटिङ’ गर्दा कम खर्चमै भवन सुरक्षित हुने भएकाले यसको अवधारणा ल्याइएको छ । यसले पुराना कला, सँस्कृति र परम्परा झल्काउने संरचनालाई जीवन्तता दिन पनि सजिलो पार्छ । कम खर्चमा भवन बलियो बनाउने विधि भएकाले रेट्रोफिटिङको अवधारणा ल्याइएको हो । यसले ऐतिहासिक सम्पदा संरक्षणमा समेत सहयोग पुर्याउँछ ।
No comments:
Post a Comment