Sunday, 10 February 2019

अस्पतालबाटै पाइँदैन स्वास्थ्य बीमाको औषधि



हेटौंडा, माघ २७ । राष्ट्रिय गौरवको कार्यक्रम स्वास्थ्य बिमामार्फत् स्वास्थ्य उपचार गराए पनि हेटौंडा अस्पतालबाट औषधी नपाउँदा बिरामी मर्कामा परेका छन् । उपचारका बेला आर्थिक भार कम हुने भएकाले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढिरहेको बेला जिल्लाको एक मात्र हेटौंडा अस्पतालमा भने औषधी अभाव हुन थालेको छ । जसबाट बीमितले निःशुल्क पाउनुपर्ने औषधी प्राप्त गर्न नसकेको बिमा गर्ने सेवाग्राहीको गुनासो छ । उनीहरुले पाउनुपर्ने औषधी अस्पतालबाट नपाएपछि निजी क्लिनिकबाट खरिद गर्ने गरेका गुनासो गरेका छन् । यो समस्या जिल्ला अस्पतालको मात्र नभएर जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य चौकीमा समेत रहेको बीमितको गुनासो छ ।

मकवानपुरमा २०७३ सालदेखि यो कार्यक्रम चलेको हो । तर, अस्पतालमा स्वास्थ्य परीक्षण गराए पनि अस्पतालबाट औषधी नपाउँदा बिरामीले सास्ती व्यहोर्नु परेको छ । एकसय १५ बेडको अस्पताल भए पनि स्रोतसाधनको कमी भएको भन्दै बिमा गरेका बिरामीले बिमाबापत् निःशुल्क पाउनुुपर्ने औषधी अस्पतालबाट पाउँदैनन् । अस्पतालमा रोगले च्यापेका र स्वास्थ्य समस्या भएका बिरामी नै उपचार गर्न आउने हो तर यहीं पाउनुुपर्ने औषधी लिन अन्यत्र जानुपर्नै अवस्था छ ।

अस्पतालमा स्वास्थ्य परीक्षण पछि हातमा बिरामी कार्ड र औषधीको बिल लिएर चर्को घाममा पसिना बगाउँदै मेडिकल हिँडेकी चौकीटोलकी इशरा सञ्जेलले भनिन्–सरकारले बिरामीलाई औधी दुःख दिएर पसिना बगाउँदै बाच्न हिँडेको छुु । अस्पतालमा स्वास्थ्य जाँच गराएपछि औषधी लिन दिउँसो १ बजे राप्तिरोडतर्फ जा“दै गरेकी ६७ वर्षीया अम्बिका वाइबाले आफूहरुलाई बिमाले सेवास“गै दुःख दिएको बताइन् ।

हेटौंडाकै रमेश गोले तामाङको समस्या पनि उस्तै छ । ‘परीक्षण गर्न अस्पताल गयो भने दिनै बित्छ । तर, औषधी पाइँदैन,’ उनले भने । बिरामी धेरै हुन्छन् । दिनभर पालो कुरेर बस्यो । उनले भने–सा“झँपख घर पुग्नै पर्यो । औषधी लिन अर्को दिन नै छुट्याउनुु पर्छ । तिनै बिरामी भने स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनुपर्ने र औषधी लिन भने बजार पुग्नुुपर्ने बाध्यताले झण्झट मानेका छन् । मनहरीका विशाल थापाले भने–बजारमा पायक पर्नेलाई सजिलो छ । तर, एकातिर अस्पताल र अर्कोतिर घर हुुनेलाई भने औषधी लिन कष्ट छ । अस्पतालमै फार्मेसी छ । तर, बिरामीले त्यहाँ बिमाको औषधी पाउँदैनन् ।

हेटौंडा नगरसहित अस्पतालमा पायक पर्ने सरकारको बिमा कार्यक्रम प्रति आकर्षित छन् । बिमा कार्यक्रम सञ्चालन भएपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ । बिमा कार्यक्रमले १ हजार १ सय ५० प्रकारका औषधी दिँदै आएको हेटौंडा अस्पतालका सुपरिटेण्डेन्ट डा। प्रवीन श्रेष्ठले भने । डा। श्रेष्ठ भन्छन्–औषधीको कुनै अभाव छैन । बिरामीले औषधी पनि नहुने भन्छन् । बिमामा आउने औषधि त बाहिर किन्नुपर्ने हुन्छ । बिरामीलाई राम्रो सेवा दिन आफूहरु तत्पर रहेको बताउँदै अस्पतालका तर्फबाट कुनै कमी, कमजोरी नरहेको डा। श्रेष्ठले दाबी गरे ।

स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहित परिवारले बिमा शुल्कवापत् प्रत्येक वर्ष २ हजार ५ सय रुपियाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४ सय २५ रुपियाँका दरले शुल्क बुझाउनु पर्नेछ । बिमा रकम तिर्न नसक्ने विपन्नवर्गको हकमा भने सरकारले नै बिमा रकमवापत् शुल्क तिरिदिने व्यबस्था छ । उक्त व्यबस्थाअन्तर्गत् सरकारले अतिविपन्न नागरिकलाई शत्प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकमवापत् शुल्क तिरिदिने व्यबस्था छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत् बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसनलगायत उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउने छैनन् । यस्ता उपचारलाई बिमाले समेट्दैन ।

No comments:

Post a Comment

loading...