हेटौंडा, फागुन १३ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले परिवर्तित व्यवस्थाअनुसार विकास गर्ने कार्यशैली पनि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । उनले छिटो भन्दा छिटो विकास गर्न र विकासको गति थप बढाउन जरुरी रहेको उल्लेख गरे । आइतबार रसुवामा स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरुसँगको अन्तक्र्रियामा उनले कामको गति कुदाउन नसके परिवर्तनको आभाष दिन पनि नसकिने बताए ।
उनले भने–हामीले व्यवस्था परिवर्तन ग¥यौं । त्यहीअनुसार परम्परागत शैलीलाई परिवर्तन गर्नु जरुरी छ । प्रदेशका १३ जिल्लामध्ये रसुवा नेपालको लाइफलाइन भएको बताउँदै मुख्यमन्त्री पौडेलले रसुवा देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका राख्ने चीनसँगको नाका भएको बताए । दैनिक करोडौं राजस्व असुल गर्ने जिल्ला भएकोले त्यहाँको सडक बिस्तार र स्तरीकरणका विषयमा केन्द्र सरकारसँग गम्भीरतापूर्वक कुरा गर्ने उनले बताए । रसुवाको महत्वपूर्ण सडकको हालतमा रहनु दुःखद् भएको भन्दै पौडेलले अब त्यस्तो हुन नदिने बताए ।
पौडेलले प्रदेश सरकारले जिल्लाको बस्तुस्थितिअनुसार प्रत्येक जिल्लालाई फरकढंगले अगाडि बढाउने बताउँदै रसुवालाई पर्यटकीय जिल्लाका रुपमा विकास गरिने बताए । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन जनप्रतिनिधि तथा कर्मचारीलाई सहयोग गर्न उनले आग्रह गरे । जिल्ला समन्वय समिति रसुवा प्रमुख कुलप्रसाद भट्टको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद्हरु शान्ति थिङ, आशमाया तामाङ, बद्री मैनाली, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङ, रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मुख्यमन्त्री पौडेलले नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाका अवलोकन गरेका छन् । मन्त्री पौडेलले रसुवागढी नाका, चिलिमे जलविद्युत् आयोजना, ऐतिहासिकस्थल रसुवागढी अवलोकन गरेका थिए । अवलोकनका क्रममा रसुवागढी नाकालाई व्यवस्थित बनाउनुपर्ने उनले बताए । यसका लागि प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्ने उनले बताए । ऐतिहासिक रसुवागढी संरक्षणका लागि सरकारले योजना बनाएको जानकारी दिँदै उनले गढीको संवद्र्धन गरी पर्यटक आकर्षण गर्ने योजना सुनाए ।
No comments:
Post a Comment