News
हेटौंडा, साउन २४ । उपत्यकाबाहिर हेटौंडामा निर्मित पहिलो वातानुकूलित सुविधासम्पन्न सिनेमा घर ओम्याक्स सिनेमा घर आगोले नष्ट गरेको छ । उक्त हलमा भित्रको डिजाइनिङ र दर्शक सिटमा भर्खर पुनर्निर्माण गरिएको थियो । करिब तीन करोड लागतमा निर्माण गरिएको ओम्याक्स हललाई बुधबार विहान आगोले करिब अढाई घण्टामा नष्ट गरिदिएको हो ।
हेटौंडा–४ मा स्थापित उच्च प्रविधियुक्त सिनेमा हलमा बुधबार विहान करिब साढे ९ बजे पर्दाको भागबाट शुरु भएको आगोले हलको पूरै सामग्री जलेर नष्ट गरेको हो । करिब अढाई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । हलको भित्ताका कंक्रिटमात्र बाँकी रहेको अवस्थामा आगलागीबाट कति क्षति भयो अहिले नै भन्न सकिने अवस्था नरहेको हल सञ्चालक नरेन्द्र महर्जनले बताए । यद्यपि, कम्तिमा पनि डेढ करोडको क्षति भएको उनको अनुमान छ । २०६९ जेठ १८ देखि उक्त हल चलचित्र निर्माता, बितरक, एफडी कम्पनी अध्यक्ष तथा चलचित्र विकास बोर्ड सदस्य महर्जनले सञ्चालन गर्दै आएका हुन् । आगलागीले हलभित्रका सबै उपकरणसहित भवनसमेत ध्वस्त भएको छ ।
विद्युत् लाइन मर्मतका क्रममा इलेक्ट्रिक सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र तरुण दलआवद्ध युवाको सहभागिता थियो । आगलागी नियन्त्रणमा लिन नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक र नगर अध्यक्ष सुनिल गिरीलगायत युवा पनि जोखिम मोल्दै लागेका थिए । हलमा कार्यरत् प्राविधिक र कर्मचारीले भने भागेर ज्यान जोगाएका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिसा फुटाएर भित्रका सामान निकाल्ने प्रयास गरेको थियो ।
हेटौंडामा एकमात्र दमकल रहेकाले आगो छिटो निभाएर क्षति कम गर्न सकिएन । आगो निभाउन बाराको अमलेखगञ्जबाट नेपाल आयल निगमको दमकल र हेटौंडा उपमहा– नगरपालिकाको दमकल प्रयोग गरिएको मकवानपुरका प्रहरी उपरीक्षक वुद्धिराज गुरुङले बताए । ८ कठ्ठा क्षेत्रफलमा बनेको हलमा एकसाथ ४ सय ३१ जनाले फिल्म हेर्न सक्थे । सम्पूर्ण डिजिटल सिस्टममा निर्माण भएको ओम्याक्समा काठमाडौंको सिभिल मलजस्तै क्युएफएक्स ब्राण्डेड प्रविधि र डिजाइन जडान गरिएको थियो । हलमा कम्प्युटरबाट टिकट सिस्टम र इन्टरनेटबाट टिकट बुकिङ गर्नेलगायत सुविधा थिए । हलले कम्तिमा १५ जनालाई रोजगारी दिएको थियो ।
मोफसलको पहिलो उक्त थ्रीडी सिनेमा भवनको प्रविधि र सजावटको दर्शकले प्रशंसा गर्दै आएका थिए । हलका भित्ता र भुईंहरुमा बहुरंगी कार्पेट र मार्वलले सजाइएको र छतमा समेत एसी र आकर्षक बत्तीको राम्रो सजावट गरिएको थियो । ३२ टनको एसी उपयोग गरिएको ओम्याक्समा मोडर्न डल्बी ५ दशमलव १ सराउण्डिङ साउण्ड सिस्टम जडान गरिएको थियो ।
३५ एमएमको अत्याधुनिक थ्रीडी डिस्प्ले प्रविधि प्रयोग गरि–एकोले दर्शकहरुले थ्रीडी चलचित्रहरु हेर्नसक्ने सुविधा ओम्याक्समा थियो । यस्तो सुविधासम्पन्न सिनेमा हल नेपालको पा“चौं र मोफसलको पहिलो भएको महर्जनले बताए ।
(-हेटौंडा सन्देश)

No comments:
Post a Comment