News
हेटौंडा, साउन २५ । करिब एक महिना देखि विवादको शिखरमा पुगेको ‘नो पार्किङ’को सवालमा हेटौंडा उपमहा– नगरपालिकाका मेयर हरिबहादुर महत कठोर बनेका छन् । उपमहानगरले हेटौंडा बजार क्षेत्र ‘नो पार्किङ जोन’ बनाउने निर्णय गरेपछि राप्ती रोडबाट सुरु गरिएको नो पार्किङ अहिले मेनरोड, बैंक रोड, पिपलबोट चोकसम्म पु-याइएको छ । यो अवस्थाले व्यवसायी प्रत्यक्ष मारमा परेका छन् भने सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ र सरोकारवालाले पटकपटक आग्रह, सल्लाह र विकल्पसहित छलफल गर्दा पनि मेयर महत एक कदम पनि पछाडि हट्न तयार छैनन् । उनको कठोरपन देखेर व्यवसायीदेखि सर्व– साधारण चकित परेका छन् । उनले आफु निर्णयबाट पछि नहट्ने र बजार क्षेत्रभर नो पार्किङ पूर्ण कार्यान्वयन गर्ने दाबी गरेका छन् । बिहीबार एकातर्फी पार्किङको व्यवस्थापन मिलाइदिन मेयर महत समक्ष माग गर्दै उपमहानगरपालिका कार्यालय पुगेको मकवानपुर उद्योग वाणिज्य संघ टोलीलाई उनले कुनै हालतमा राजमार्ग क्षेत्रमा पार्किङ नहुने दाबी गरे । उनले राजमार्ग क्षेत्रमा लागु गरिएको नो पार्किङ फिर्ता नहुने जिकिर गरे । उनले भने– ‘नो पार्किङ कायम हुन्छ । हाइवेमा पार्किङ सम्भव छैन । यसबाट आउने समस्याको समाधान गर्दै जाउँला ।’
मकवानपुर उद्योग वाणिज्य संघले दुई पांग्रे सवारीसाधन एकतर्फी रोक्न पाउनु पर्ने माग गरेको छ । व्यवसायीले हचुवाको भरमा नो पार्किङ लागु गर्दा व्यवसाय धरापमा परेको गुनासो गर्दै आएका छन् । केहि विकल्प, व्यवसायीको समस्या र सर्वसाधारणले भोग्नु परेको सास्तीबारे पटकपटक छलफल गर्दा पनि उनको अडान कायमै छ । आफ्नो अडानलाई कायम राख्दै नो पार्किङ पूर्ण कार्यान्वयन गर्न राप्तीरोडपछि मेनरोड, पिपलबोट चोक र बैंक रोडमा सवारीसाधनमा रोक लगाउन उपमहा– नगरले ट्राफिक प्रहरी र प्रशासनलाई व्यवस्थापन गर्न माग ग-यो । बुधबार बिहानदेखि ‘नो पार्किङ’ क्षेत्रमा जनपद र ट्राफिक प्रहरी खटेका छन् । उनीहरुको कडाइ र मेयर महतको अडानका कारण व्यवसायी, सर्वसाधारणको गुनासो दिनानुदिन बढ्दै गएको छ । व्यवसायीको गुनासो सुल्झाउन मउवा संघले पहल, कदमीलाई कायमै राखेको छ । अहिले जिल्ला प्रशासन कार्यालय मकवानपुरले नो पार्किङको व्यवस्थापन गरिरहेको छ । हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको नो पार्किङ कार्यान्वयन हुन नसकेपछि प्रशासनमार्फत् गरिएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघले व्यापार व्यवसाय नै धरापमा पर्ने गरी नो पार्किङ लागु गरेको भन्दै तत्काल नो पार्किङ नहटाइए आन्दोलनमा उत्रने चेतावानी दिएको छ । संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले नो पार्किङ हटाएर एकतर्फ पार्किङ लागु नगरे चरणबद्ध आन्दोलनमा उत्रने बताए । संघले जिल्ला प्रशासनस“ग पनि अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको छ । प्रशासनले नो पार्किङलाई कार्यान्वयनमा ल्याउन थालेपछि व्यवसायीहरुको छाता संगठन मउवा संघ र व्यवसायीले विरोध गरेका छन् । बुधबारबाट राप्तीरोड र पिपलबोट क्षेत्रका व्यवसायीले व्यवसाय बन्द गरेर नो पार्किङको विरोध गरेका थिए । व्यवसायीको दबाब बढेपछि बुधबार संघको कार्यसमितिको बैठकले नो पार्किङ मान्य नहुने सबै क्षेत्रमा एकतर्फी दुईपांग्रे सवारीसाधन व्यवस्थित पार्किङ गर्नुपर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष न्यौपानेले जानकारी दिए ।

![]() |
| फाइल फोटो |

No comments:
Post a Comment