News
हेटौंडा, साउउन १९ । मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा कार्यसमिति पदाधिकारी र सदस्यलगायत ३४ सदस्यीय व्यवसायीको अध्ययन/अवलोकन भ्रमण टोली साउन २० गतेदेखि १० दिन जोर्डन, इजरायल तथा इजिप्टको भ्रमणमा जाँदैछ । आधुनिक कृषि प्रविधिबाट कृषि क्षेत्रमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको इजरायलको आधुनिक कृषि प्रविधि अवलोकनसँगै विश्वको सातौं आश्चर्यमध्ये एक इजिप्टको पर्यटन विकासको अध्ययन गर्न टोली भ्रमणमा जान लागेको हो ।
इजरायलको कृषि पकेट क्षेत्रको अवलोकनसँगै आधुनिक कृषि प्रविधिका विषयमा जानकारी लिइने छ । इजरायलमा नेपाली राजदुतसँग पनि भेट गरी कृषि क्षेत्रका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । इजरायल कृषिमा उल्लेखनीय फड्को मारेको देशका रुपमा परिचित छ । पर्यटनमा वार्षिक लाखौं पर्यटक भिœयाउने देश इजिप्टको पनि भ्रमण गर्ने कार्यक्रम छ । इजिप्टले अपनाएको पर्यटन क्षेत्र विकासलाई नेपालले कसरी अपनाउन सक्छ भन्ने विषयको अध्ययन पनि टोलीले गर्नेछ । जोर्डनको पनि पर्यटन विकास सम्बन्धि अवलोकन गरिनेछ । भ्रमणका क्रममा नेपाल पर्यटन वर्ष २०२० को प्रचार र नेपालको पर्यटनसँग सम्बन्धित ब्रोसर, सीडीहरु वितरण गरी नेपाली पर्यटन प्रवद्र्धन गर्ने प्रयास पनि गरिनेछ । पहिलो र दोस्रो दिन जोर्डन, तेस्रो, चौथा र पाँचौं दिन इजरायल र बाँकी दिन इजिप्टको भ्रमण रहने छ ।
भ्रमणपश्चात् मकवानपुरमा खाली रहेको जग्गामा आधुनिक प्रविधिबाट कृषि कार्य शुरु गरिने अपेक्षा गरिएको छ । यसका लागि विभिन्न निकायहरुसँग थप छलफल गरी अघि बढ्नेछ । भ्रमण मकवानपुरको कृषि र पर्यटन विकासमा कोसेढुंगा साबित हुने विश्वास संघले लिएको छ । भ्रमणमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, एसोसिएट र साधारण सदस्यसँगै १ सञ्चारकर्मी रहने छन् ।
भ्रमणबारे जानकारी गराउन संघले पत्रकार सम्मेलनको गरेको हो । कार्यक्रममा संघ अध्यक्ष कटुवालले भ्रमणबारे प्रकाश पारेका थिए । कार्यक्रममा संघ वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्षद्वय रामप्रसाद न्यौपाने र गणेश भेटवाल, महासचिव प्रमोदसिंह रानाभाट, सचिव विष्णुगोपाल महर्जन, कासस कृष्णप्रसाद ढुगाना, रुपकराज दाहाल, राजाराम कार्की र प्रतीमा श्रेष्ठको उपस्थिति थियो ।

No comments:
Post a Comment