Thursday, 2 August 2018

दुई क्वीन्टल गाँजा समातियो, मकवानपुरको १ सहित ६ जना पक्राउ

News
हेटौंडा, साउन १८ । दुई सय तीन केजी (दुई क्वीन्टल) गाँजासहित मकवानपुरमा ६ जनालाई पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गाँजासहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उदयपुरका पदम हमाल, सिरहाका सुरेशकुमार महतो, सिरहाकै छेदी दास, मकवानपुरका कृष्णबहादुर मोक्तान रहेका छन् उनीहरुलाई मनहरी गाउँपालिका-९ खरङ्गाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट ८८ केजी ७२० ग्राम गाँजा बरामद भएको थियो ।
बीआर-एकपी-२३४५ नम्बरको भारतीय बोलेरोमा लुकाएर लैजान लागेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । यसैगरी प्रहरीले बिहीबार ११५ केजी गाँजासहित सिन्धुलीका दिनेश मगर, ज्ञानबहादुर बुढासैलीलाई हेटौंडा उपमहानगरपालिका-११ सरस्वतीचोकबाट पक्राउ गरेको छ । ना३च ४७६२ नम्बरको बोलेरोमा गाँजा लुकाएर लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।

No comments:

Post a Comment

loading...