News
हेटौंडा, साउन १७ । हेटौंडा अस्पताललाई ३ नम्बर प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि बढाउने तयारीसाथ अनुगमन गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतसहितले बुधबार अस्पताल निरीक्षण गरेका हुन् । प्रदेश सरकार र उपमहानगरपालिकाको संयुक्त प्रयासमा अस्पताल सुधार गर्ने तयारीसाथ काम थालिएको हो ।
अस्पताल निरीक्षणका क्रममा मुख्यमन्त्री पौडेलले दुई वर्षभित्र अस्पताल तीन सय बेडमा स्तरोन्नति गरिने बताए । अस्पतालमा ठूला र सुविधासम्पन्न २८ कोठे भवन निर्माणको काम अड्किएकोमा आक्रोश ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले काम छिटो सुरु गर्न भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र प्रमुख र निर्माण कम्पनीलाई निर्देशन दिए । भवन निर्माणका लागि सरकारले २ करोडसहित प्रतिष्ठानको डीपीआरका लागि पनि रकम बिनियोजन गरेको छ । प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन काम सुरु गरेकोले यसको पूर्वाधार विकास गरी स्वास्थ्यमा अब्बल बनाइने उनले बताए । अस्पताल सुधारका काम तत्काल थाल्नुपर्ने र पुराना भवन भत्काएर नयाँ निर्माण सुरु गरिनुपर्ने उनको भनाइ छ । निरीक्षणका क्रममा सामाजिक विकास मन्त्री दुलालले अस्पतालमा भवन निर्माण काम छिटो छरितोरुपमा नगरिए कारबाही गरिने स्पष्ट पारे । कुनै समस्या भए आफूहरु समाधान गर्न तयार भएकोले काम छिटो गर्नुपर्ने उनले बताए ।
उपमहानगर मेयर महतले अस्पतालको क्षमता वृद्धिका लागि भवन निर्माण गर्न ८ महिनाअघि सम्झौता गर्नेतिर काम नगर्ने प्रवत्ति त्याग्न आग्रह गरे । ८ महिनासम्म अस्पताल परिसरमा साना रुख काट्न पत्र ओसार्ने काममात्र भएकाले यो प्रवत्ति त्यागेर काम गर्न निर्माणमा संलग्न सबै पक्षलाई उनले निर्देशन दिए । निरीक्षणमा अस्पताल भवन निर्माण गर्ने ब्यवसायी, भवन प्रविधिका प्राविधिक र अस्पताल प्रमुखलगायतको सहभागिता थियो । अस्पतालपरिसर व्यवस्थित नभएको, विभिन्न कक्ष सञ्चालनका लागि भवन पर्याप्त नभएको र हाल निर्माणाधीन भवनसमेत निर्माणमा ढिलासुस्ती भएपछि अस्पताल निरीक्षण गरी आवश्यक व्यवस्थापनको लागि अनुगमन गरिएको हो ।
अस्पताल सञ्चालनका लागि आवश्यक कक्षहरु स्टोर र फार्मेसी सञ्चालनका लागि आवश्यक कोठा र काउन्टर प्रभावकारी नभएकोमा त्यसको व्यवस्थापन छिटै गर्न मुख्यमन्त्री पौडेलले आग्रह गरेका छन् । हटौंडा अस्पतालमा ७० बेडको साढे दुईतले भवन निर्माणका लागि आशीष एण्ड डीएस जेभीले मंसिरमा ठेक्का लिएको हो । २८ करोड १६ लाखमा ठेक्का लिएको निर्माण कम्पनीले ३० महिनामा अस्पताल भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । निर्माणको जिम्मा लिएको कम्पनीका सञ्चालक ध्रुव कार्कीले भवन निर्माणको लागि अस्पतालले जमिन खाली नगरेको दाबी गरेका छन् । अस्पतालले जमिन खाली गरे भवन निर्माण सकिन समय नलाग्ने उनले बताए ।
मेयर महतको निर्देशनमा अस्पतालपरिसरका केही रुख कटान गरिएपछि भवन निर्माण काम सुरु गर्न सजिलो भएको छ । अस्पताल विकासका क्रममा कुनै समस्या आए प्रदेश सरकारसमक्ष राख्न मन्त्री दुलालले अस्पताल कर्मचारीलाई निर्देशन दिएका छन् । सरुवा रोग एवम् महामारी रोकथाम, उपचार, नियन्त्रण, निवारण र व्यवस्थापनमा विशेष जोड दिने तयारी प्रदेश सरकारको छ । प्रत्येक स्थानीय तहमा १५ देखि ५० बेडको अस्पताल, प्रादेशिक निर्वाचन क्षेत्रमा आयुर्वेद, प्राकृतिक चिकित्सालगायत अन्य पूरक चिकित्सा र प्रचलित परम्परागत उपचार सेवालाई विस्तार गरिनेछ ।

No comments:
Post a Comment