Tuesday, 31 July 2018

‘नो पार्किङ’विरुद्ध बजार ठप्प

News

 हेटौंडा, साउन १५ । हेटौंडा बजार क्षेत्रमा सबेरै खोलिने पसलहरु सोमबार भने ११ बजे खोलिए । हेटौंडाको मुख्य बजार राप्तीरोड र स्कुलरोडमा हेटौंडा उपमहानगरपालिकाले ‘नो पार्किङ’ को अवधारणा ल्याएपछि व्यवसायी मर्कामा परेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको आब्ह्वानअनुसार ११ बजेसम्म पसल बन्द गरेर विरोध जनाइएको हो ।

पार्किङको विषयमा मकवानपुर उद्योग वाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकाबीच द्वन्द्व चर्कने संकेत देखिएको छ । तर, दुवै निकायबीच यसबारे पछिल्लो समय प्रत्यक्ष संवाद भएको अवस्था छैन । दुवै आआफ्नै अडानमा रहेकोले द्वन्द्व बढ्ने संकेत मिलेको हो । आइतबार व्यवसायीले कालोपट्टी बा“धेर व्यवसाय सञ्चालन गरेका थिए । उपमेयर मीना लामाको संयोजकत्वमा गठित पार्किङ व्यवस्थापन समितिको प्रतिवेदनउपर मेयर हरिबहादुर महतले वास्ता नगरेपछि संघले व्यवसायीलाई आन्दोलनमा उतारेको हो ।


सोमबार हेटौंडाका राप्तीरोड, मेनरोड, स्कुलरोड, कान्तिलोकपथ, पारिजातपथलगायत सबै क्षेत्रमा ११ बजेसम्म पसल बन्द गरेर विरोध जनाइएको थियो । बिरोधका कार्यक्रम अनुसार बुधबार हेटौंडा उपमहानगरपालिका कार्यालयमा धर्नाको कार्यक्रम रहेको मउवा संघ अध्यक्ष कृष्ण कटुवालले बताए । उपमहानगर उपमेयर लामाको नेतृत्वमा बजार क्षेत्रका कुन/कुन स्थलमा ‘नो पार्किङ’ गर्ने र पार्किङस्थल कहा“ बनाउने भन्ने विषयमा अनुगमन समिति गठन गरेर समितिले असार ३१ गते नै उक्त विषयको प्रतिवेदन उपमहानगरमा बुझाए पनि उपमहानगरले प्रतिवेदनको बेवास्ता गरेपछि शान्तिपूर्ण आन्दोलन तय भएको हो ।

हेटौंडा उपमहानगरपालिकाले केही दिनबाट हेटौंडाको राजमार्ग क्षेत्रअन्तर्गत् राप्तीरोड,
मेनरोड र शाखा रोडअन्तर्गत् स्कुल रोडमा ‘नो पार्किङ’ योजना अगाडि सारेको छ । उपमहानगर मेयर महतले भने हेटौंडाको मुख्य बजारको राजमार्ग क्षेत्रमा आफ्नै पसल अगाडि मोटरसाइकल पार्किङ गर्न पाउनु पर्छ भन्नु नाजायज माग रहेको बताए । बजार क्षेत्रमा पर्ने राजमार्ग र स्कुलरोडमा केही दिनमा ‘नो पार्किङ’ गर्ने तयारी भएको उनले बताए । बजार क्षेत्रमा दिनहु“ सवारी जाम बढेकाले त्यहा“को पार्किङ हटाउन लागिएको उनको भनाइ छ । पार्किङ ब्यवस्थित गर्ने कामबाट कुनै पनि हालतमा पछि नहट्ने उपमहानगरपालिकाको तयारी छ ।

हेटौंडामा आवश्यकताभन्दा बढी विद्युतीय रिक्सा (मयुरी) र टेम्पो भित्रिएको छ । आफ्नो आम्दानी घटेको भन्दै नया दर्ता रोक्न माग गर्दै केही समयअघि मयुरी सञ्चालकहरुले हेटौंडा नगरपालिका घेराउ गरेको घटनाले यसको पुष्टि गर्दछ । मयुरी चालकले उपमहानगर पालिकाको मूल गेटआसपास मयुरी रोकेर विरोध जनाएका थिए । मयुरीको संख्या नथप्ने पूर्वसहमति अनुसार हेटौंडा नगरपालिकाले दर्ता रोकेको भए पनि नया मयुरीहरु बजार देखिएका छन् ।

आवश्यकताभन्दा बढी संख्यामा मयुरी भित्रिएपछि यात्रुको कमी भएको उनीहरुको बुझाइ छ । धेरै संख्यामा मयुरी बजारमा गुड्दा ट्राफिक व्यवस्थापनमा समेत असर परेको छ । हेटौंडामा २०५२ सालदेखि ६ सय पाइडल रिक्सा सञ्चालित  रहेको अवस्थामा २०७० चैत ५ बसेको सर्वपक्षीय बैठकले मयुरी दर्ता खुला गर्ने निर्णय गरेको थियो । नगरको संरचनाअनुसार यातायात व्यवस्थापन गर्न तयार हुन लागेको यातायात गुरुयोजनालाई आवश्यक सुझाव दिन नगरपालिकाका अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

२०७० वैशाख ७ गते पुनः व्यवसायीबाटै नया दर्ता बन्द गर्न माग गर्दै आन्दोलन भएपछि आर्थिक वर्ष २०७२÷०७३ सम्म ३ सय ४७ ननाघ्ने गरी मयुरी दर्ता गर्ने सहमति भएको थियो । यद्यपि, हाल मयुरी र अटोको संख्या १ हजार ३ सयभन्दा बढी छ  । हेटौंडा उपमहानगरका सूचना अधिकारी डा. शंकरप्रसाद उपाध्यायले यातायात व्यवस्था कार्यालय बीरगञ्ज र उपमहानगर– पालिका  बीच सहमतिअनुसार भएको भन्दा विविध कारण हेटौंडामा अनियन्त्रित रुपमा मयुरी सञ्चालनमा रहेको बताए ।

‘केही मयुरी बढी भयो भनेर आउने त कोही दर्ता खुलाउनु प¥यो भनेर आउने विवादबीच चलखेल भएर मयुरी थपिए,’ उनले भने–मयुरीलाई हाल नगरपालिकाले नियमित गर्न सकेको छैन । हेटौंडामा अटो र मयुरीको संख्या अनियन्त्रितरुपमा बढेस“गै बजार क्षेत्रमा ट्राफिक समस्या बढेको छ । यसलाई अनुगमन गर्नुको साटो नगर– पालिका ‘नो पार्किङ’ गरी दायित्वबाट पन्छिने प्रयासमा रहेको स्थानीय व्यवसायीको भनाइ छ । सबै क्षेत्रमा पूर्वाधारसहित पार्किङ ब्यवस्थापन गर्न संघले आग्रह गर्दै आएको छ ।





राप्तीरोडमा अवज्ञा

हेटौंडा, राप्तीरोडका व्यवसायीले ‘नो पार्किङ’ को अवज्ञा गरेका छन् । हेटौंडा उपमहानगरले राप्तीरोडमा ‘नो पार्किङ’ लागु गरेको थियो । सोमबार व्यवसायीले
राप्तीरोडमा लगाइएको ‘नो पार्किङ’ विरुद्ध उत्रिए । असार १७ गते राप्ती रोडमा मेयर हरिबहादुर महतको निर्देशनमा ‘नो पार्किङ’ लागु गरिएको थियो ।

व्यवसायीले व्यवसाय धरापमा परेको भन्दै राप्तीरोडमा एकतर्फी पार्किङ गरेका छन् ।  पार्किङ व्यवस्थापनका विषयमा सहकार्य नगरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले बिरोध गरेको समयमा व्यवसायीले स्वःस्फुर्तरुपमा ‘नो पार्किङ’ को अवज्ञा गरेका हुन् ।

राप्तीरोडमा भएको अवज्ञा व्यवसायीले स्वस्फुर्त गरेको संघ अध्यक्ष कृष्ण कटुवालले बताए । उनले अवज्ञा गर्न संस्थागत निर्देशन नरहेको स्पष्ट पारे । संघले जारी गरेको बिरो धमा ‘१५ गते (आज) बिरोधका कुनै कार्यक्रमहरु नरहेको’ संघ बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताए ।

No comments:

Post a Comment

loading...