News
हेटौंडा, साउन १५ । सरुवापछि आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सोमबारबाट काम शुरु गरेका छन् । सिन्धुपाल्चोकबाट मकवानपुर सरुवा भएका प्रमुख जिल्ला अधिकारी तामाङ सोमबार हेटौंडा आइपुगेका हुन् । उनलाई जिल्ला प्रशासनका कर्मचारीले स्वागत गरेका थिए ।
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, गुणराजप्रसाद न्यौपानेसहित कर्मचारीले स्वागत गरेका थिए । प्रजिअ तामाङले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन निर्देशन दिए ।
कर्मचारीको स्वागतपछि प्रजिअ तामाङले जिल्ला प्रहरी प्रमुख वुद्धिराज गुरुङलाई भेटेका छन् । उनले जिल्लाको शान्ति÷सुरक्षाको अवस्थाबारे जानकारी लिए । सहायक प्रजिअमा गृह मन्त्रालयले सिद्धराज जोशीलाई खटाए पनि उनी आइनपुगेको प्रशासनका कर्मचारीले जानकारी दिए । मकवानपुरका प्रजिअ चक्रबहादुर बुढाको भने कास्की सरुवा भएको छ ।

No comments:
Post a Comment