Tuesday, 31 July 2018

प्रदेश राजधानी हेटौंडामा काँग्रेसको प्रदर्शन

News
हेटौंडा, साउन १६ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकारविरुद्ध प्रदेश राजधानी हेटौंडाको सडकमा विरोध प्रदर्शन गरेको छ । का“ग्रेसले सरकार विरुद्ध कार्यकर्ता सडकमा उतारेर विरोध जनाएको हो ।
  
हेटौंडामा वक्ताहरुले सरकारले आफ्नो व्यवहार परिवर्तन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको जनाए । उनीहरुले संविधान कार्यान्वयन गराउने प्रमुख दायित्व सरकारको भए पनि सरकार आफंैले बेवास्ता गरेको बताए । नेपाली काँग्रेस मकवानपुर पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीले हेटौंडाका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो । सरकारविरुद्ध कडा नारासहित विरोधमा उत्रिएको जुलुस वुद्धचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डीना उपाध्यायले सरकारको रवैयाविरुद्ध आफूहरु आन्दोलित भएको बताइन् । संसद्मा सभामुख र उपसभामुख छुट्टै पार्टीको हुनुपर्ने संवैधानिक ब्यवस्था हुँदासमेत एउटै पार्टीबाट सभामुख र उपसभामुख रहेको भन्दै उनले तत्काल सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने बताइन् ।



सरकारले मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै उनले सरकारको जनविरोधी कदमविरुद्ध आन्दोलित भएको बताइन् । सभामा सांसद् इन्द्रबहादुर बानियाँले सरकारको चर्को आलोचना गरेका थिए । बानियाँले केपी ओली नेतृत्व सरकारको मनोमानी रोक्न आन्दोलनमा उत्रन वाध्य भएको बताए । काँग्रेसले वर्तमान सरकार देशमा महंगी बढ्दासमेत गैरजिम्मेवार बनेको, स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको, अघिल्लो सरकारको निर्णय लागु नगरेको, स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गरेको, बाढी–पहिरोपीडितको बेवास्ता गरेकोलगायत विषयले गर्दा आन्दोलन गर्नुपरेको उनले जनाए । बानियाँले सरकारले संविधानको खिल्ली उडाएको बताए । नेपाली काँग्रेस सरकारको जनविरोधी कदमविरुद्ध आन्दोलित हुनुपरेको स्पष्ट पारे । सरकारले लिएको अर्थनीतिका कारण धेरै कुरामा कर बढ्दा जनताले महंगीको मार खेप्नुपरेकाले जनतलाई परेका पीरमर्काको प्रतिपक्षले आवाज उठाउनु दायित्व भएको नेता बानियाँले बताए ।
  
‘जनताको कर बढेकाले खर्च बढ्यो । जनताको आम्दानी बढेको छैन । अर्कोतिर सरकारी स्वामित्वको आयल निगमले पेट्रोलियम पदार्थमा चार/पाँच पटक मूल्य वृद्धि गरेपछि दैनिक जीवनमा असर परेको छ,’ उनले भने–रासायनिक मलको मूल्य बढ्दा किसानले मल किन्न सक्ने अवस्था छैन । यसले जनतालाई सकस थपिएको छ । ५ वर्षका लागि फागुन ३ मा बनेको केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रतिपक्षले पहिलोपटक देशव्यापी आन्दोलन गरेको हो । साउन १ गते काँग्रेसले ओली नेतृत्व सरकार अधिनायकवादतर्फ उन्मुख भएको तथा जनविरोधी काम गरेको भन्दै सरकारलाई खबरदारी गर्न देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
  
सरकार र डा. गोविन्द केसीस“ग भएको सहमतिको अक्षरशः पालना गर्नुपर्ने, नेपाल सँस्कृत विश्व– विद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट गरिएको गिरफ्तारी, वीर अस्पतालका चिकित्सकलाई गृह मन्त्रालयमा बोलाएर अनुचित दबाब दिनुलगायत आरोप का“ग्रेसको सरकारमाथि छ ।   काँग्रेसले महंगी, भ्रष्टाचार जस्ता जनजीविकाका सवालमा पनि सरकार गम्भीर नभएको तथा सञ्चारमाध्यममा कार्यरत् पत्रकारलाई आस्थाका आधारमा दुव्र्यवहार भएको भन्दै काँग्रेसले विरोध गरेको छ ।

No comments:

Post a Comment

loading...