News
हेटौंडा, साउन १६ । शिक्षक सेवा आयोगले परीक्षार्थीको उत्तरपुस्तिका मेसिनबाट जा“च्ने प्रविधि ब्यवस्था गर्ने तयारी गरेको छ । वस्तुगत प्रश्नहरुको उत्तरपुस्तिका परीक्षणका लागि अप्टिकल मार्क रिडर (ओएमआर) मेसिन ल्याउने गरी अध्ययन शुरु गरिएको आयोग अध्यक्ष ताना गौतमले जानकारी दिए ।

अब खुल्ने विज्ञापनमा सहभागी हुने परीक्षार्थीबाट उक्त प्रविधि प्रयोग गर्न सकिने गरी अध्ययन अघि बढाएको उनले बताए । परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधि भिœयाउने योजना बनाएको उनको भनाइ छ । यसका लागि आयोगले आन्तरिक तयारी गरेको उनले बताए । यसअघि शिक्षा मन्त्रालयले एमबीबीएस परीक्षाको कापी परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले त्यही मेसिन प्रयोग गर्ने गरी मन्त्रालयसँग कुरा अघि बढाएको उनले बताए ।
‘प्रविधिका हिसाबमा यो नयाँ कुरा हैन, यसअघि यही प्रविधि लोकसेवा आयोगले प्रयोग गर्दै आएको छ, हामी पनि त्यही प्रविधि ल्याउने सोचमा पुगेका हौं,’ उनले भने–शिक्षा मन्त्रालयमा खाली बसेको प्रविधि जडान र त्यसका लागि आवश्यक पेपर तथा केही लजिष्टिक खर्चबाहेक ठूलो भार पर्ने कुरा पनि हैन । मन्त्रालयलाई उक्त मेसिन उपलब्ध गराएकै कम्पनीका प्रतिनिधिस“ग जडान गर्दा लाग्ने लागत र आवश्यक अन्य पक्षबारे आयोगले केही चरणको छलफल गरेको गौतमले बताए ।मेसिनबाट परीक्षण हुने उत्तरपुस्तिकाको हकमा कलमको प्रयोग गर्नु हु“दैन । यसको प्रयोगका बारेमा परीक्षार्थीलाई छुट्टै जानकारी दिने गरी आयोगले योजना बनाउने गौतमले बताए ।

No comments:
Post a Comment