News
हेटौंडा, साउन १५ । मृगौला तस्करीमा सम्भवतः पहिलो पटक मकवानपुरेको संलग्नता पाइएको छ । चितवनमा स्वास्थ्य सम्बन्धि विभिन्न अपराध हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले असार २५ गते बनाएको ‘मेडिकल रेस्पोन्स टिम’ले चितवनबाट मकवानपुरका समेत तस्करको सहयोगमा मृगौला तस्करी हुने गरेको पत्ता लगाएको हो ।
तस्करीमा छिमेकी जिल्ला मकवानपुरवासीले एक युवाले साथ दिएको खुलेको छ । दुर्गम क्षेत्रका मानिसको अशिक्षा र आर्थिक विपन्नताको फाइदा उठाएर उनीहरुलाई प्रलोभनमा पारी मृगौला बिक्री गर्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । मकवानपुर बकैया–५ का २८ वर्षीय प्रकाश तामाङ साउन १ गते चितवनबाट पक्राउ परेपछि तस्करीमा मकवानपुरेको पनि संलग्नता रहेको खुलेको हो । पक्राउ परेका तामाङले अरु तस्करको सम्पर्कबाट भारतका विभिन्न अस्पतालमा २ वटा मृगौला बिक्री गरेको प्रहरीले जानकारी दिएको छ । सोझा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतका विभिन्न अस्पतालमा सम्पर्क गराएर मृगौला तस्कर गर्ने गरेको खुल्न आएको छ ।
तामाङ स्वयम् मृगौला तस्करीको फन्दामा परेका पीडित हुन् । उनी केही वर्षअघि जागिर पाउने आशमा भारत पुगेका थिए । उनी गाउ“कै आफन्तको सहयोगमा रोजगारी पाउने आशमा भारत पुगेपछि उनको स्वास्थ्य परीक्षण गर्न भनियो । तामाङले आकर्षक रोजगारी पाउने आशमा उनलाई रोजगारी दिने व्यक्तिले भनेकै अस्पतालमा मेडिकल जा“च गराए । तर, जब मेडिकल गराएर बाहिर निस्किए, उनले आफ्नो एउटा मृगौला झिकिएको थाहा पाए । त्यसपछि तामाङले आफूलाई अन्य कुनै रोजगारीका लागि नभएर मानव अंग तस्करले तस्करीका लागि प्रयोग गरेको थाहा पाए ।
उनले आफ्नो मृगौला झिकेको थाहा पाएपछि कानुुनी उपचारतर्फ नलागी तस्करकै लहैलहैमा गाउ“का सोझा–साझालाई फसाउ“दै मृगौला तस्कारीका लागि भारततर्फ लैजान थाले । जो आफैं पीडित थिए, उनी स्वयम् यसैलाई पेसा बनाएर लागिपरे । उनले नवलपुर कावासोतीका २३ वर्षीय एक युवालाई रोजगारीको प्रलोभन देखाएर दिल्ली पु¥याए । दिल्ली पुगेका उनी एक अस्पतालमा आफ्नो मृगौला निकाल्न लागेको थाहा पाएपछि अस्पतालबाट भागेर नेपाल आउन सफल भए । नेपाल आएलगत्तै उनले कानुनी लडार्इं लड्न प्रहरीमा उजुरी दिए ।
उनको उजुरीपछि यसमा गिरोह रहेको केही प्रमाण प्रहरीले भेटायो । जिल्ला प्रहरी कार्यालय चितवनले ‘मेडिकल रेस्पोन्स टिम (एमआरटी)’ गठन गर्यो । पीडितको उजुरीका आधारमा खोजी कार्यलाई तीव्रता दिएको प्रहरीले तस्करको गिरोह समात्न सफल भएको हो । तामाङले मृर्गौला बिक्री गर्ने मानिस खोजेर सम्पर्क गराइदिए बापत् एक जनाको मृगौला बिक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिसन लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका तामाङ उपर मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत् मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment