Sunday, 29 July 2018

विरोधमा उत्रियो मउवा संघः ‘नो पार्किङ’विरुद्ध कालोपट्टी

News
हेटौंडा, साउन १४ । मकवानपुर उद्योग वाणिज्य संघले आइतबारबाट हेटौंडा उपमहानगरपालिकाविरुद्ध विरोधका कार्य शुरु गरेको छ ।
‘नो पार्किङ’ का विषयमा हेटौंडामा विरोध शुरु भएपश्चात् उपमहानगरपालिकाले गठन गरेको अनुगमन समितिको प्रतिवेदनउपर वास्ता नगरेको भन्दै संघले शनिबार आन्दोलन घोषणा गरेको थियो ।
आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीहरुले आइतबार पसल सञ्चालन नगरी सञ्चालकले हातमा कालोपट्टी बँ“धेर विरोध जनाएको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले बताए ।
सोमबार विहान ११ बजेसम्म पसल बन्द गर्ने र बुधबार हेटौंडा उपमहानगरपालिका कार्यालयमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम रहेको अध्यक्ष कटुवालले जानकारी दिए ।
उपमहानगर उपमेयर मीना लामाको नेतृत्वमा बजार क्षेत्रका कुनकुन स्थलमा ‘नो पार्किङ’ गर्ने र पार्किङस्थल कहा“ बनाउने भन्ने विषयमा अनुगमन समिति गठन गरेर समितिले असार ३१ गते नै उक्त विषयको प्रतिवेदन उपमहानगरपालिका कार्यालयमा बुझाए पनि उपमहानगरले प्रतिवेदनको बेवास्ता गरेपछि शान्तिपूर्ण आन्दोलन तय भएको हो ।
हेटौंडा उपमहानगरपालिकाले केही दिनबाट हेटौंडाको राजमार्ग क्षेत्रअन्तर्गत् राप्तिरोड, मेनरोड र शाखा रोडअन्तर्गत् स्कुलरोडमा ‘नो पार्किङ’ योजना अगाडि सारेको छ । उपमहानगर मेयर हरिबहादुर महतले भने हेटौंडाको मुख्य बजारको राजमार्ग क्षेत्रमा आफ्नै पसल अगाडि मोटरसाइकल पार्किङ गर्न पाउनुपर्छ भन्नु नाजायज माग रहेको बताए ।
बजार क्षेत्रमा पर्ने राजमार्ग र स्कुलरोडमा केही दिनमा ‘नो पार्किङ’ गर्ने तयारी भएको उनले बताए । बजार क्षेत्रमा दिनहु“ सवारी जाम बढेकाले त्यहा“को पार्किङ हटाउन लागिएको उनको भनाइ छ । 
पार्किङ ब्यवस्थित गर्ने कामबाट कुनै पनि हालतमा पछि नहट्ने उपमहानगरपालिकाको तयारी छ ।
                                                                                                        

No comments:

Post a Comment

loading...