Tuesday, 31 July 2018

३ नम्बर प्रदेशाको ‘इलाम’ बन्दै टिष्टुङ

News
हेटौंडा, साउन १६ । उत्तरी मकवानपुरको थाहानगर–११, टिष्टुङ महाकाल क्षेत्रलाई ३ नम्बर प्रदेशको ‘इलाम’ बनाइने भएको छ । महाकालस्थित लेङ्खुमा व्यावसायिक चिया उत्पादन शुरु गरिने भएको हो । चिया खेतीका लागि उक्त स्थानमा अध्ययन सम्पन्न भइसकेकाले उक्त क्षेत्रको ३ सयदेखि ५ सय रोपनी क्षेत्रफलमा यस वर्षदेखि चिया खेती शुरु गरिने भएको हो । चियाका लागि उपयुक्त हावापानी भएकाले उक्त स्थान छनौट गरी व्यावसायिक रुपमा चिया खेती गर्न लागिएको हो ।
   
थाहानगरसहित टिष्टुङका लागि यो गौरवको योजना भएकाले यसलाई सफल पार्न दिलोज्यान दिएर लाग्ने वडाध्यक्ष किरणमान बलले बताए । चिया बगान निर्माणपछि उक्त क्षेत्र पर्यटन प्रवद्र्धनको गन्तव्य बन्ने विश्वास अध्यक्ष बलको छ । उनले कृषि तथा सामूहिक बाख्रा फारम स्थापना र विकासलाई प्राथमिकता राखेर काम गरी वडालाई नमूना बनाउने प्रतिवद्धता जनाएका छन् ।

4 comments:

loading...