हेटौंडा, चैत १० । नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजनले आफ्ना पत्रकारलाई प्रविधियुक्त बनाएर निजी टेलिभिजनसँग प्रतिस्पर्धा गर्ने तयारी थालेको छ । सरकारी टेलिभिजनमा कार्यरत् पत्रकारले निजी सञ्चारमाध्यममा समाचार आइसकेपछि समाचार पस्कने भन्दा पनि पहिलो र उत्कृष्ट बनाउने अभियान सुरु गरिएको हो । ‘विकासका लागि सञ्चार’ को नारासाथ २०४१ सालमा नेपाली टेलिभिजनको इतिहासमा पहिलो टेलिभिजन नेपाल टेलिभिजन स्थापना भएको थियो । यो अहिले भूसतही माध्यमबाट ५२ प्रतिशत भूगोल र ७२ प्रतिशत जनसंख्याको पहुँचमा पुगेको छ ।
सात वटै प्रदेशका टेलिभिजन संवाददातालाई नयाँ प्रविधि हाइ डेफिनेसन ९एचडी० मा रुपान्तरण भएको सन्दर्भमा तालिम दिइएको छ । त्यसैक्रममा हेटौंडामा दुई दिने तालिम दिएर पत्रकारलाई जिम्मेवार भएर छिटो र छरितोरुपमा समाचार पस्कने अभियानमा लागिएको नेपाल टेलिभिजन कार्यकारी अध्यक्ष डा। महेन्द्र बिष्टले बताए । ‘नेपाल टेलिभिजन पहिलो नै हुन्छ । नेपाल टेलिभिजनलाई जित्ने कुनै संस्था हुने छैनन्,’ उनले भने–राजनीतिक अभिष्ट पूरा गर्ने अखडा नेपाल टेलिभिजन हुन सक्दैन । टेलिभिजनमार्फत् देशसेवा गर्ने सोच राखेर आउनेलाई स्वागत छ ।
टेलिभिजनको नेतृत्व सम्हालेदेखि नै असारदेखि कार्यकारी अध्यक्ष डा। बिष्टले नेपाल टेलिभिजनका चारवटै च्यानललाई एचडीमा प्रसारण गराउन सार्थक तयारी सुरु गरेका थिए । नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सवका अवसर पारेर प्रसारण एचडीमा रुपान्तरण गरिएको अध्यक्ष डा। बिष्टले जानकारी दिए । नेपालको सबभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रुपमा ख्याति कमाएको नेपाल टेलिभिजनलाई नाराअनुसार रुपान्तरणका लागि ‘ समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको अध्यक्ष बिष्टले बताए ।
‘समृद्ध नेपालको आधार’ राष्ट्रिय लक्ष्य भेट्टाउन नेपाल टेलिभिजनले आफ्नो प्रयास गर्ने अध्यक्ष बिष्टले बताए । विविधतामा एकताको हाम्रो भावनालाई बलियो तुल्याउन र सभ्य अनि सुसँस्कृत नेपाली समाज निर्माण गर्नमा टेलिभिजन क्रियाशील हुने डा। बिष्टले बताए । अध्यक्ष डा। बिष्टले टेलिभिजनको समाचार कक्षलाई स्वतन्त्र र व्यावसायिक बनाउन राष्ट्रको आकांक्षालाई सम्बोधन गर्ने र जनताकेन्द्रित मार्गदर्शन दिइएको बताए । उनले सञ्चारक्षेत्र आलोचक हुनुपर्ने भए पनि अब नकारात्मक भइ रहनुपर्ने अवस्था नरहेको जनाए ।
अध्यक्ष बिष्टले टेलिभिजन प्रसारणजगत्मा अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै नेपाल टेलिभिजनले नयाँ उचाईं हासिल गरेको बताए । देशको साँस्कृतिक, भौगोलिक र भाषिक विविधतालाई झल्काउँदै राष्ट्रिय एकता मजबुत बनाउने अझ भूमिका खेल्ने बिष्टले बताए । दर्शकले नेपाल टेलिभिजन, एनटिभी न्युज, एनटिभी प्लस र एनटिभी कोहलपुर गरी चारै च्यानल एचडीमा हेर्न पाएका छन् । नेपाल टेलिभिजनका पत्रकारले उचित पारिश्रमिक दिए आफूहरु निजी मिडियासँग प्रतिस्पर्धात्मकढंगले काम गर्न तयार रहेको बताएका छन् । प्रदेश–३ र गण्डकी प्रदेशका नेपाल टेलिभिजनका पत्रकार सहभागी गराएर दिइएको कार्यक्रममा प्रदेश–३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पत्रकारजगत्ले ऐनाको रुपमा काम गरिनुपर्ने बताए । उनले जिम्मेवार भएर कलम चलाउन पत्रकारलाई आग्रह गरे । हाल सरकारका लागि चुनौती भनेको भ्रष्टाचारको समस्यामा निजी वा सरकारी दुवै सञ्चारमाध्यमले कलम चलाउनुपर्ने उनले बताए ।
अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा प्रदेशलाई आधुनिकीकरणमा प्रवेश गराइने पनि उनले बताए । उनले भने–नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकता सँगै एक कदम अगाडि बढिरहेको छ । हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षासाथ अघि बढिरहेका छौं । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौं । नेपाल टेलिभिजनलाई उत्कृष्ट बनाउने अभियानमा आफूहरु होमिएको बताउँदै महाप्रवन्धक गोबिन्द रोक्काले नेपाल टेलिभिजनलाई नेपालको उत्कृष्ट टेलिभिजन बनाइने बताए । महाप्रवन्धक रोक्काले नयाँ प्रविधिसँगै विषय र प्रस्तुतिमा पनि रुपान्तरणको वर्ष आरम्भ भएको बताए ।
श्रमजीवी पत्रकारका कुरा सरकारी सञ्चारमाध्यमले पहिले सुरु गर्नुपर्ने नेपाल पत्रकार महासंघ प्रदेश–३ का अध्यक्ष प्रताप बिष्टले बताए । पत्रकारलाई खुशी बनाएमात्र सरकारी सञ्चारमाध्यम बलियो बन्ने उनको भनाइ छ । नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्था ९पीएसबी० मा जान आग्रह गरिएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पीएसबीमा लैजान कानुनी प्रवन्ध हुन भने बाँकी छ ।

No comments:
Post a Comment