Sunday, 23 September 2018

टिष्टुङ महोत्सव सफल पार्न कस्सिए व्यवसायी

News

हेटौंडा, असोज ७ । टिष्टुङ महोत्सवमा थाहा नगरस्थित कुन्छाल होमस्टे सञ्चालकहरुले संस्थागतरुपमा सघाउने भएका छन् । महोत्सवको विषयमा पर्यटकीय गाउँ कुन्छालमा भएको छलफलमा यस्तो बताइएको हो । महोत्सव मूल आयोजक समितिले ऐतिहासिक तथा साँस्कृतिक सम्पदा भएको कुन्छाललाई होमस्टेको गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै महोत्सवको प्रमुख आकर्षणका रुपमा अघि सारेपछि होमस्टे व्यवसायी उत्साहसाथ लागिपरेका हुन् ।

थाहा–१ अध्यक्ष हेरमान गोपालीको उपस्थितिमा भएको कार्यक्रममा कुन्छाल होमस्टे व्यबस्थापन समिति अध्यक्ष सानुकाजी गोपाली, कुन्छालका नाइकेहरु, काजीहरु, गुरुहरु लगायतको उपस्थिति थियो । असोज २४ देखि २७ गतेसम्म टिष्टुङ (बज्रबाराही) मा हुने महोत्सवलाई भव्यताका सफल बनाएर छाड्ने कुन्छाल होमस्टे व्यबस्थापन समिति अध्यक्ष सानुकाजी गोपालीले प्रतिवद्धता व्यक्त गरे । महोत्सवलाई सफल पार्न थाहानगरका प्रधानाध्यपकहरुसँग महोत्सव आयोजक समितिले छलफल गरेको छ । महोत्सव आयोजक समितिको सचिवालय टिष्टुङ (बज्रबाराही) मा भएको छलफलमा नगरका विभिन्न विद्यालयका प्रधानाध्यापकको सहभागिता थियो ।

छलफलमा महोत्सव सफल पार्न विद्यालयहरुको तर्फबाट प्रधानाध्यापकले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानाध्यापकहरुले स्वतस्फुर्तरुपमा आर्थिक, भौतिक तथा सहभागितात्मकरुपमा सहयोग गर्ने बताएका हुन् । टिष्टुङको ऐतिहासिक तथा पर्यटकीय ‘प्रडक्ट’ लाई प्रवद्र्धन गर्ने उद्धेश्यले लिइएको छ । महोत्सव भव्यतासाथ सञ्चालन गर्न विभिन्न संस्थाहरु, समूह, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय तथा छलफल भइरहेको महोत्सव मूल आयोजक समारोह समिति संयोजक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

No comments:

Post a Comment

loading...