Wednesday, 8 August 2018

‘टिष्टुङ महोत्सव’ असोजमा हुने

News
फाईल फोटो
हेटौंडा, साउन २३ । थाहानगर–६ मा असोजमा ‘टिष्टुङ महोत्सव’ हुने भएकोे छ । असोज २४ देखि २७ गतेसम्म महोत्सव हुने मूल आयोजक समिति अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी दिए । ऐतिहासिक टिष्टुङमा महोत्सवले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा मिल्ने जनाइएको छ । उत्तरी मकवानपुरको मात्र होइन, मुलुककै रमणीय तथा पर्यटकीय क्षेत्र टिष्टुङ उपत्यकाको चर्चा  बढेको छ । स्थानीय शैक्षिक तथा धार्मिक महोत्सवबाट विद्यालयको प्रारुप फेर्ने भन्दै जुर्मुराएपछि यसको प्रचारका लागि युवा पनि अगाडि बढेका हुन् ।

पुरानो प्रसाशनिक र बोलीचालीको नाम टिष्टुङ, पछि बज्रबाराही र हाल थाहानगरका रुपमा रुपान्तरण भएको क्षेत्रलाई राष्ट्रकै नमूना केन्द्र बनाउने प्रयासस्वरुप स्थानीय लागेका छन् । महोत्सव गर्नुको मुख्य उद्धेश्य नै त्यस क्षेत्रलाई केन्द्रका रुपमा विकास गर्नु हो । भविष्यमा राष्ट्रकै नमूना बनाउने भन्दै प्रयास गरिएको छ । टिष्टुङको बज्रबाराही क्षेत्र एक ऐतिहासिक लघुनगर हो । त्यहा“ लिच्छवीकालका महत्वपूर्ण शीलालेख अलपत्र छन् । भटुवालको कोलटारमा रहेको अंशुवर्माको शीलालेख हँसिया उध्याउने ढुंगाको रुपमा परिणत भइसकेको छ भने पाल्चोकस्थित बज्रबाराही माविपरिसरमा रहेको नरेन्द्रदेवको शीलालेख पनि क्रमशः बेवारिस बन्दै गएको छ ।
   
लिच्छवीकालमा महत्वपूर्ण भन्सार केन्द्र थियो भनिएको र लिच्छवीराजा नरेन्द्रदेवले बस्ती बसालेको इतिहासमा उल्लेखित स्थान हालसम्म पनि पछि नै परेको छ । त्यहाँ उपत्यकाका पहिलो आदिवासी गोपालवंशको सन्तान गोपालीको वसोवास छ । उनीहरुको पृथक कला र सँस्कृति छ । मल्लकालबाट सुरु भएका विभिन्न नाच तथा जात्राहरु चलिरहेका छन् । मठमन्दिर संरक्षणका लागि हजारौं वर्ष पहिलेबाट गुठीको व्यवस्था गरिएको छ । २०३७ सालतिर त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभाग प्राध्यापक धनवज्र बज्राचार्य र हेमन्त राणा इतिहासका विद्यार्थीहरु लिएर अध्ययनका लागि त्यस ठाउ“ गएका थिए । उनीहरुले महिनौं ऐतिहासिक तथा पुरातात्विक सम्पदा अध्ययन गरेर केही तथ्यहरु सार्वजनिक गरेका थिए । ‘टिष्टुङ चित्लाङ भेगको इतिहास’ नामक पुस्तक उनीहरुले प्रकाशन गरेका थिए । त्यतिमात्र होइन, त्यहाँ विकास हु“दै गएको होमस्टे र त्यहाँका रीतिरिवाजका आधारमा यो महत्वपूर्ण पर्यटकीय केन्द्र हुनसक्छ ।

No comments:

Post a Comment

loading...