Wednesday, 8 August 2018

कपडा उद्योग पुनर्संञ्चालन गर्न सकिने निष्कर्ष

News


हेटौंडा, साउन २३ । चीन सरकारको सहयोगमा २०३२ सालमा उद्योग निर्माण सुरु भएको थियो । २०४८ को आर्थिक उदारीकरणपछि उद्योगलाई निजीकरण गर्ने भनिए पनि प्राथमिकतामा पर्न सकेन । एक सय १३ वटा उद्योग निरन्तर चलिरहेको हेटौंडा औद्योगिक क्षेत्रको करिब बीच भागमा सुस्ताइ– रहेको हेटौंडा कपडा उद्योग अब भन्ने पुनर्संञ्चालन हुने ठूलो आश पलाएको छ । किनकि, सरकारले उद्योग पुन– र्संञ्चालन गर्नसक्ने ठहर गरेको हो । यसबारे अध्ययनका लागि बनेको समितिले उद्योग पुनर्संञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन उद्योग मन्त्रालयमा बुझाएपछि स्थानीयमा आश पलाएको हो । अब मन्त्रिपरिषद्ले यथाशीघ्र निर्णय गरी उद्योग पुनर्संञ्चालन सुरु गरे मुलुककै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहने स्थानीयको माग छ ।  उद्योग मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले उद्योगको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । कार्यदलका एक सदस्यका अनुसार करिब ३० करोड खर्च गर्दा उद्योग पुनर्संञ्चालनमा ल्याउन सकिने निष्कर्षसहित प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ ।

कार्यदलले बुझाएको प्रतिवेदनमा उद्योग पुनर्संञ्चालनका लागि विभिन्न प्रस्ताव गरिएको छ । सेनाको एकल लगानी वा सरकारी वा सेनाको संयुक्त लगानीसम्मका मोडालिटी प्रस्तावित छन् । उद्योग २०५७ फागुनदेखि बन्द छ । २०६९ माघ १२ को मन्त्रि परिषद् बैठकले उद्योगको सम्पत्ती शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो । उद्योगका धेरै मेसिन हाल पनि लाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएका छन् । उद्योग सञ्चालनमा आउनासाथ पहिलो चरणमा सरकारी पोशाक, सेना, प्रहरी र विद्यालयको पोशाक उत्पादन गर्ने योजना सरकारको छ ।

बन्द उद्योग एकसय ८८ रोपनीमा फैलिएको छ । तीन लाख ५५ हजार वर्गफिटका भवन छन् । उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो । सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगले आव २०३५/०३६ देखि व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । उद्योग सञ्चालनमा रह“दा करिब १ हजार २ सय महिलासहित १ हजार ५ सयभन्दा धेरैले एकै छानामुनि रोजगारी पाएका थिए । स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर पनि बनाएको थियो ।

 उद्योगको जग्गामा १३ उद्योग सञ्चालनरत्

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कपडा उद्योगको जग्गामा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौंडा कपडा उद्योगको २० बिघा जमीनमा नया उद्योग स्थापना गर्ने सरकारी योजनाबमोजिम ती उद्योग सञ्चालनमा आएका हुन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । पन्ध्र वटै उद्योगका लागि संरचना तयार भएपनि सीई हाइड्रोमेकानिकल बक्र्स प्रालि, थ्रीस्टार गुप प्रालि भने अझै सञ्चालन हुन सकेको छैन । सीई हाइड्रोमेकानिकल, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, नेसनल स्ट्रक्सन इञ्जिनियरिङ प्रालिले उद्योग सञ्चालन गर्न २०७३ जेठअघि सम्झौता गरेका थिए । भवन निर्माण भए पनि विद्युत् अभावका कारण सञ्चालनमा आउने अवस्था नरहेको उद्योग संघ अध्यक्ष नवराज अर्यालले बताए । 

No comments:

Post a Comment

loading...